२०२० संस्करणको फोर्ड इकोस्पोर्ट नेपालमा

प्रकाशित मिति:

काठमाडौं / फोर्डले २०२० संस्करण फोर्ड इकोस्पोर्ट नेपाल बजारमा ल्याएको छ । नेपालको लागि आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले बीएस आईभीमा आधारित २०२० संस्करणको इकोस्पोर्ट पुरानो मूल्यमा नै निरन्तरता दिई सार्वजनिक गरेको हो ।२०२० मा सार्वजनिक यो गाडी ड्राइभिङको लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ । २०२० इकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएसआईभीमा आधारित १।५ लि टीडीसीआई डिजल इन्जिन रहेको छ । यसले १०० पीएस शक्ति तथा र २१५ एनएम टर्क प्रदान गर्दछ । यो गाडि म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ ।

लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १।५ लि टीआई–भीसीटी पेट्रोल इन्जिन समावेश छ । जसले १२२ पीएस शक्ति र १४९ एनएम टर्क प्रदान गर्दछ । पेट्रोल इन्जिन फाइभ स्पिड म्यानुअल ट्रान्समिसन र ६ स्पिड अटोमेटिक ट्रान्स्मिसनमा उपलब्ध छ ।२०२० संस्करण इकोस्पोर्ट ३ वर्ष वा १ लाख किमिको वारेन्टीका साथ आउने यी गाडी स्वामित्व आफ्नो सेग्मेन्टमा सबैभन्दा कम स्वामित्व खर्च रहेको कम्पनीको दाबी छ । यस संस्करणमा पनि इकोस्पोर्टले आकर्षक वाहिरी बनावट, आरादायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ । साथै यो सनरुफजडित भेरियन्टमा पनि उपलब्ध छ ।

२०२० इकोस्पोर्टमा ग्राहकहरूको लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरू जडान गरिएको छ । यसमा चालक र यात्रीको सुरक्षाका लागि ६ वटा सम्म एयरब्याग छ । गाडीको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८–इन्चको टचस्क्रिनयुक्त सिन्क–थ्री सिस्टम, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो छ । बाँकी मोडेलमा ९ इन्च टचस्क्रिन उपलब्ध छ ।गाडीलाई आरामदायी तथा सुविधाजनक बनाउन अरु धेरै उच्चतम प्रविधि रहिआएको छ । त्यस्ता सुविधा स्वचालित हेडल्याम्प, पुस बटन स्टार्ट–स्टप, डीआरएल, रेन सेन्सिङ वाइपर आदि हुन् । गाडीको मूल्य पुरानै अर्थात् ३८ लाख ९९ हजारदेखि ५४ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीको दाबी छ ।