निर्मला हत्या प्रकरणः अन्ततः धिरु बस्न्यात कञ्चनपुर पुगे !

प्रकाशित मिति:

काठमाडौं  २६ असोज – निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानमा देखिएको लापरबाही छानबिन गर्न गठित समितिका संयोजक प्रहरी अतिक्ति महानिरीक्षक धिरु बस्न्यात कञ्चनपुर पुगेका छन् ।

समितिले प्रतिवेदन बुझाउनुअघि एक पटक स्थलगत अध्ययनमा गएको हो । कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानमा प्रहरीकै लापरबाही देखिएको भन्दै चौतर्फी विरोध भएपछि प्रहरीले बस्न्यातको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

बस्न्यात निर्मलाका हत्यारा पत्ता लगाउनभन्दै केही समयअगाडि अमेरिकाको कार्यक्रम रद्ध गरेर बसेका हुन् ।