खाेटाङ सेवा समाज कतारद्वारा मस्तिष्क घातका बिरामीलाई एक लाख हस्तान्तरण

२१ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


रुद्र शर्मा / कतार –  खाेटाङ सेवा समाज कतारले खाेटाङका मस्तिष्क घातका बिरामी कुमार पुरीलाई गत २६ फेब्रुवरी २०२० का दिन एक लाख रुपया हस्तान्तरण गरेको छ lखाेटाङ जिल्ला ऐसेलुखर्ख गाउपालिका वार्ड नम्बर ५ महेश्वरी निवासी कुमार पुरी बिगत लामो समय देखि मस्तिष्क घात रोगले ग्रसित भई भएका छन् l आर्थिक अबस्था नाजुक भएको हुदा बिरामीलाई उपचार खर्च जुटाउन कतारमा कार्यरत बिरामीका आफन्तहरु उत्तर कुमार पुरी, कृष्ण बहादुर बन र यादब पुरीको संयोजकत्वमा र खाेटाङ सेवा समाज कतारको पहलमा १ लाख रुपया आर्थिक सहयोग संकलन गरि खाेटाङ सेवा समाज काठमाडौं पदाधिकारी तथा समाजसेबी कासीनाथ आचार्य दुवारा बिरामीलाई अस्पतालमै गएर उक्त रकम हस्तान्तरण गरेको छ l

बिरामीको उपाचार हाल काठमाडाै थापाथली नर्भिक अस्पतालमा भइ रहेको बिरामीका आफन्त तथा खाेटाङ सेवा समाज कतारका कर्यरमिति सदश्य यादब पुरीले बताएका छन् । सस्थामा आउने हरेक समस्याहरुको ख्याल गर्दै सेवा र सहयोग कदममा कदम मिलाउदै अगाडी खाेटाङ सेवा समाज कतार बढेको छ l सोहि अनुरुप पिडित पुरी लाई पनि आर्थिक सहयोग जुटाउने अभियानमा सघाउनको लागि सस्थाका सम्पूर्ण पधाधिकारिहरुको सक्रियता र कतारमा कार्यरत सहयोगी भाबना रहेका केहि व्यक्तिहरु मार्फत आर्थिक सहयोग गरेको सस्थाका अध्यक्ष्य रुद्र शर्माले जानकारी दिनु भएको छ । यस सहयोग अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगि हातहरुलाई संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया