प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना सहित सियारीमा दिप प्रज्वलन

२१ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


सैनामैना – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना सहित सियारी गाउँपालिकाले दिप प्रज्वलन गरेको छ ।सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारु, उपाध्यक्ष अमृता गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टाराई, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, विभिन्न संघसस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी लगायत स्थानियहरुको उपस्थितिमा प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना सहित बुधबार दिप प्रज्वलन गरिएको हो ।

यस्तै प्रधानमन्त्रीको बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन् ।भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको डा.अरुण सायमीले जानकारी दिनु भयो ।दुवै मृगौलाले काम गर्न छडेपछि प्रधानमन्त्री ओली अस्पताल भर्न हुनु भएको हो । उहाँको काठमाण्डौं स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया