नेपालले एसिया कप क्रिकेट खेल्न नपाउने

प्रकाशित मिति:

काठमाडौं / नेपाली क्रिकेट टोलीले एसिया कप क्रिकेट खेल्न नपाउँने भएको छ ।थाइल्याण्डमा चलिरहेको एसीसी इस्टर्न रिजन टी-ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएसँगै नेपाल एसिया कप खेल्नबाट पनि बञ्चित भएको हो ।बैंककमा बुधबार भएको खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेपछी नेपाल एक खेल अगाबै प्रतियोगिताबाट बाहिरिएको हो ।

इस्टर्न रिजनबाट बाहिरिएसँगै नेपाल एसिया कप छनोट पुग्न असफल भएको हो ।अब नेपालले बाँकी रहेको सिंगापुरविरुद्धको खेलमा जित निकाले पनि शीर्ष दुईमा स्थान बनाउन सक्ने छैन ।अंक तालिकामा सिंगापुर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । समान खेलमा मलेसिया र हङकङको समान ४र४ अंक रहेको छ ।नेपाल २ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । यस प्रतियोगिताको शीर्ष २ मा रहने टोलीले एसिया कप छनोटमा स्थान बनाउने प्रावधान छ ।