भक्तपुरमा भेटियो मानव कंकाल

प्रकाशित मिति:

भक्तपुर/ मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कंकाल भेटिएको छ ।स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा मानव कंकाल भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

उनले मानव कंकालमा रहेको पुरुषको लुगा, टाउको र अन्य शरीरको अङ्गहरुको टुक्रा भेटिएको र कसको कंकाल हो भन्ने पहिचान हुन नसकेको जानकारी दिए ।प्रारम्भिक अनुसन्धानमा सो कंकाल पुरुषको भएको तथा कंकाल धेरै अगाडिको हुनसक्ने अनुमान प्रहरीको छ ।घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक मेडिसिन ल्याबका चिकित्सकको टोली पुगेर अनुसन्धान शुरु गरेको छ । थप अनुसन्धानका लागि सो मानव कंकाल बुधबार नै शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।