मिस वर्ल्ड टोनी एन सिंह नेपाल भम्रणमा आउँदै

२२ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  –  यस वर्षकी मिस वर्ल्ड टोनी एन सिंह नेपाल भम्रणमा आउँदै छिन्। बुधबार द हिडन ट्रेजरले प्रेस विज्ञप्तिमार्फत मिस वल्र्ड टोनी एन सिंह आज नेपाल आउँदै गरेको जानकारी गराएको थियो। मिस वल्र्ड सिंहसँग मिस वल्र्डको आयोजक संस्थाको अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डगलेस नेपाल आउँदैछन्।‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणालाई स्विकार्दै मिस वल्र्ड टोनी सिंहसहित मिस वल्र्डको आयोजना संस्थाको अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डगलेस तीन दिने नेपाल भ्रमणका लागि बिहीबार बिहान आउँदैछन्,’ द हिडन ट्रेजरले विज्ञप्तिमा उल्लेख गरेको छ।

द हिडन ट्रेजरको २५ औं वार्षिकोत्सव र नेपाल भ्रमण वर्ष–२०२० को उपलक्ष्यमा उनीहरूलाई नेपाल भ्रमणका लागि निम्तो दिएको थियो।तीन दिने नेपाल भम्रणको क्रममा मिस वल्र्ड सिंह र मिस वल्र्डको आयोजक संस्थाका प्रतिनिधिले मिस नेपाल अनुष्का श्रेष्ठले सिन्धुपाल्चोकको सोल्सिङ गाउँमा शिक्षा र स्वास्थ्यलाई केन्द्रित गरेर सञ्चालन गरिरहेको प्रोजेक्टको अवलोकन गर्नेछन्। मिस नेपाल श्रेष्ठले सामुदायिक उत्थानको मोडलमा केन्द्रित काम गरिरहेकी छन्। मिस वल्र्डको टप १२ मा पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठले ब्युटी विथ प्रपोज र मल्टिमिडिया अवार्ड जितेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङ देउखुरीमा राख्ने तयारी
  • डा बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण
  • क्लिन फिड लागू
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…