टोटेनह्याममाथि पेनाल्टीमा जित निकालेको नर्विच क्वार्टरफाइनलमा

२२ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
38 Shares


घरेलु मैदानमा टोटेनह्यामलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै नर्विच सिटी एफए कपको क्वार्टरफाइनलमा पुगेको छ। बुधबार राति सम्पन्न पाँचौँ चरणको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो।घरेलु मैदानमा १३औैं मिनेटमा टोटेनह्यामले लिएको अग्रता निर्धारित ९० मिनेटको खेल सकिन १२ मिनेट बाँकी रहँदा गुमाएको थियो। जियोभानी लो सेल्सोको पासलाई यान भेर्टोन्ङ्घनले गोलमा परिणत गर्दै जोजे माउरिन्हो नेतृत्वको टोटेनह्यामलाई पहिलो हाफमा १–० को अग्रता दिलाए।

बराबरी गोलका लागि संघर्षरत नर्विचका लागि ७८औं मिनेटमा जोसिप डर्मिकले ७८औं मिनेटमा गोल गरेका थिए। निर्धारित ९० मिनेटसम्म १–१ को स्कोरलाइन यथावत रहेपछि खेल पेनाल्टीमा पुगेको थियो।पेनाल्टी सुटआउटमा टोटेनह्यामका एरिक डायर र जियोभानी लो सेल्सोको प्रहार गोलमा परिणत भए पनि एरिक लमेला, ट्रोए प्यारोट र गेड्सोन फर्नान्डेजको प्रहारमा नर्विचका गोलकिपर टिम क्रुल बाधक बनेका थिए।त्यस्तै नर्विचका केनी म्याकलिनको प्रहार असफल भए पनि आडम इदाह, मार्को स्टाइपरम्यान र टोड क्यान्टवेलले गोल गर्दै ३–२ को जित निश्चित गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतामा बिबाद टुङ्गियो ।
  • बर्दघाट नगरपालिकालाई नगर प्याव्सनद्दारा २ लाख ५० हजार सहयोग
  •  नवलपरासीको सिमानाकामा आवत जावत भइरहेकोप्रति नेकपा नवलपरासीको गम्भिर ध्यानाकर्षण
  • नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत
  • मुख्यमन्त्रीद्धारा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद
  • वालिङ नपाद्वारा राहत वितरण तथा ब्यवस्थापन कार्यविधि पारित
  • हिमचुली बचतद्वारा तीन पालिकालाई सहयोग
  • कोभिड १९ राहत कोषमा १६ लाख १५ हजार ७२५ संकलन
  • शाइन रेसुंगा बैंकद्वारा कोरोना कोषमा साढे २५ लाख
  • तरुण दल बुटवल उपमहानगर समितीद्वारा राहत बितरण