होलीमा खर्च हुने रकम नायिका करिश्माले दिईन भट्टराई परिवारलाई

२२ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  नायिका करिश्मा मानन्धरले यसपटक होली नमनाउने भएकी छिन् । कोरोना भाइरसका कारण उनले यस वर्ष होली नमनाउने भएकी हुन् ।करिश्माले होलीमा खर्च हुने रकम दिवंगत चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष केशवराज भट्टराईको परिवारलाई दिएकी छिन् ।उनले एक लाख एक सय एक रुपैयाँको चेक पति बिनोद मानन्धरको उपस्थितिमा दिएकी हुन् ।

करिश्माले यसै वर्ष फेसबुकमा पोष्ट गर्दै कोरोना भाइरसका कारण सावधानी अपनाउन आग्रह गर्दै होली नमनाउने घोषणा गरेकी हुन् । गतवर्ष उनले एसईई परीक्षाका कारण होली मनाउन नपाएको समेत लेखेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया