टर्कीको संसद बैठकमै सांसदहरुबीच कुटाकुट

२२ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


अंकारा  टर्कीको संसद बैठक चलिरहँदा विवाद भएपछि सांसदहरु कुटपिटमै उत्रिएका छन् । एकजना प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप तायीप एर्दोगानको आलोचना गरेपछि विवाद चर्किएको हो । प्रतिपक्षी दलका सांसद एन्जिन ओजकोकले सिरियामा मारिएका सिपाहीको अपमान गरेको आरोप लगाउँदै कडा आलोचना गरेपछि दर्जनौँ सांसदहरु उनलाई कुटपिट गर्न उत्रिएका थिए ।  झगडाको क्रममा केही सांसदले त कुर्सीमाथि टेकेर मुड्की प्रहार गरेका थिए । केहीले भने रोक्ने प्रयास गरे । केही सांसद त हुलमुलमा भुइँमा समेत पल्टिएका थिए । टर्किस संसदको झगडाको भिडिओ फुटेज समेत सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

राष्ट्रपतिको आलोचना गर्ने सांसद एन्जिन ओजकोक रिपब्लिक पिपल्स पार्टीका प्रतिनिधि हुन् । जसले राष्ट्रपति एर्दोगनलाई सिरियाको इडलिबमा गत साता मारिएका सिपाहीको अपमान गरेको भन्दै पत्रकार सम्मेलन समेत गरेका थिए ।उनले राष्ट्रपतिविरुद्ध लड्न टिर्कस जनताका छोराछोरीलाई पठाइदिन समेत आग्रह गर्दै संसद बैठकमा कडा आलोचना गरेका थिए । संसदका प्रवक्ता मुस्तफा सेन्तोपले ती सांसदको अभिव्यक्तिलाई रोकेका थिए ।टर्कीले २०१८ मा रुससँग सम्झौता गरे अनुरुप सिरियाली फौजलाई सहयोग गर्दैआएको छ । प्रतिपक्षी दलले भने सिरियाली युद्धलाई लिएर सरकारको आलोचना गर्दैआएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग