भरसक हात नमिलाउँ, हामी त जय नेपाल भन्छौं : देउवा

प्रकाशित मिति:

धनगढी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमणबाट जोगिन एक–आपसमा हात नमिलाउन आग्रह गरेका छन् । नेपाल प्रेस युनियन, कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले कोरोना भाइरसको संक्रमणबाट जोगिन आमनागरिकलाई एक–आपसमा अभिवादन स्वरुप नमस्कार गर्न आग्रह गरेका हुन् । कोरोना भाइरस नेपालमा पनि आउने सम्भावना छ । यो अत्यन्तै खतरनाकरोग नेपालमा आयो भने अत्यन्तै डर लाग्दो हुन सक्छ,” उनले आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा भने, “भरसक हात नमिलाउँ, नमस्ते गरौं ।

हामी त जय नेपाल भन्छौं ।”वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशन भाँड्न खोजेको आरोप लगाइरहेकै बेला देउवाले निर्धारित समयमै महाधिवेशन हुने बताए । महाधिवेशन निर्धारित समयमै हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने, “कुरै छैन । सभापति देउवाले पार्टीमा आफूले इमान्दारिताका साथ कार्यसम्पादन गरिहरेको पनि दाबी गरे । “तपाईंहरूलाई थाहा छ, मैले इमान्दारिताका साथ काम गरेको छु,” चार वर्षीय कार्यकाल कस्तो रह्यो भन्ने प्रश्नको जवाफमा उनले भने । सभापति देउवाले मिर्गौला प्रत्यारोपण गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरे ।