कोरोना भाइरसविरुद्ध भलाई कोषको सचेतना

२२ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा/चीनबाट फैलिएर विश्वमै सन्त्रास फैलाएको केरोना भाइरसविरुद्ध यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले बिहीबार सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कोषले आफ्ना पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार एवं कर्मचारीलाई सामूहिकरुपमा भेला गराएर सचेतनामुलक कार्यक्रम गरेको हो । कोरोना भाइरस नेपालमा पनि फैलिन सक्ने भएकाले पुर्व तयारीका उपाय अपनाउनु जरुरी ठानेर सचेतना कार्यक्रम गरिएको कोषका अध्यक्ष दिनेश फुल्लेलले बताए । “संक्रमण भइसकेपछि यसको उपचार नभएकाले जोगिने उपायबारे सचेतना कार्यक्रम गरेका हौं”–उनले भने ।

कार्यक्रममा कोषका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापाले कोरोना भाइरसबाट बच्ने उपाय अपनाउन आग्रह गरेका थिए । उनले हात मिलाउनुको सट्टा नमस्कार संस्कृति अवलम्वन गर्न, सरसफाईमा ध्यान दिन, बढी भीडभाडमा नजान र जानैपरे मास्कको प्रयोग गरेर मात्र जान आग्रह गरे । अर्का पुर्व अध्यक्ष चिनबहादुर गुरुङले कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गर्नु जरुरी रहेको बताए । कार्यक्रममा कोषका स्वास्थ्य सल्लाहकार बद्रि घिमिरेले कोरोना भाइरसविरुद्ध जानकारीमूलक मन्तव्य राखेका थिए । नियमितरूपमा साबुनपानीले हात धुने, फ्लुजस्तो लक्षण देखिए चिकित्सकसँग परामर्श लिने, वन्यजन्तु तथा घरपालुवा पशुपक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनेजस्ता काम गरे कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने उनले बताए ।कोषका महासचिव योग गुरुङले यसबारे सतर्कता अपनाएर रोकथामका उपाय पहिल्याउनुपर्ने बताए । त्यस अवसरमा भलाइ कोषले आफ्ना पदाधिकारी, सदस्य, सल्लाहकार एवं कर्मचारीलाई कोरोना भाइरसबाट जोगिनका लागि मास्क वितरण गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा