बुटवल जेसिज र बुटवल लेडि जेसिजको संयुक्त आयोजनामा सचेतनामुलक कार्यक्रम

प्रकाशित मिति:

बुटवल/कोरोना भाइरस अर्थात् कविड–१९ को प्रकोपका कारण संसारभर त्रास फैलिएको छ । नेपाली जनजीवनलाई पनि यसले त्रस्त बनाएको छ । जसका कारण बुटवलमा पनि कोरोना सचेतना अभियान सुरु भएको छ । विहिबार बुटवल जेसिज र बुटवल लेडि जेसिजको संयुक्त आयोजनामा आज सचेतनामुलक कार्यक्रमको आयोजना गरेका छन् । बुटवल ११ देविनगरमा रहेको न्यू होराईजन माध्यमिक विद्यालयमा आयोजित सचेतना कार्यक्रममा डा. जीवन भुसालले कोरोनाबाट हुने लक्षण र बच्न सकिने उपाय बारे जानाकारी विद्यार्थीलाई जानाकारी दिएका थिए ।

उनले सरसफाइमा विशेष ख्याल गर्न, साबुन पानीले राम्रोसँग हात धुन र भीडभाड भएको क्षेत्रमा नगए कोरोनाको संक्रमण बाट बच्न सकिने बताए । उनले खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने र कोरोनाजस्तो लक्षणको शंका लागेमा अस्पताल जान विद्यार्थीहरुलाई सुझाव दिए ।कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजुले विश्वभर संक्रमण फैलिएको कोरोना बाट बच्न सावधानीहरु अपनाउँदै हिडडुल गर्दा माक्सको प्रयोग गर्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले घर र परिबारमा समेत कोरोना बारे सचेतना फैलाउन पनि आग्रह गरे । बुटवल जेसिज अध्यक्ष राजिव गौतम र बुटवल लेडि जेसिज कल्पना कुसुमको अध्यक्षतामा भएको सचेतनामुलक कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय, उपप्राचार्यहरु बालकृष्ण भण्डारी, बासुदेव अर्याल लगाएतले बोलेका थिए । सचेतनामुलक कार्यक्रममा ५ सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम बुटवल लेडि जेसिजकी महासचिव अनुपमा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।