नारी समाज, पोर्चुगलद्धारा ११० औ अन्र्तराष्ट्रिय श्रमिक नारी दिवसका कार्यक्रमहरु स्थगित

प्रकाशित मिति:

पुनम गौतम/लिस्वन-नेपाली नारी समाज, पोर्चुगलले ११० औ अन्र्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर गर्ने भनेको कार्यक्रम स्थगित गरेको छ । समाजको बुधबार बसेको आकस्मिक बैंठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना ऋयख्क्ष्म्ज्ञढ नामक भाइरसका कारण विभिन्न देशमा जस्तै पोर्तुगलमा पनि सो भाइरसको प्रभाव बढेकाले कार्यक्रम स्थगित गरिएको समाजकी कार्यवहाक अध्यक्ष मिनामाया खरेलले जानकारी दिनुभयो । अन्य देशमा जस्तै पोर्तुगल पनि कोरोना भाइरसबाट भने अछुतो रहन सकेन् । मार्च ८ का दिन विश्वभर मनाईने अन्र्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर नेपाली नारी समाज, पोर्तुगलले ७ मार्चका दिन बृह्त रुपमा कार्यक्रम गर्ने तयारी गरेको थियो ।

यसवर्षको नारी दिवसको मूख्य नारा समानताको पुस्ताः अन्त्य गरौं हिंसा, विभेद र असमानता विषयक विचार गोष्ठीको आयोजना सहित भव्य कार्यक्रमको तयारी अन्तिम चरणमा पूर्याएर स्थगित गर्नुपरेको समाजले जनाएको छ । तर मंगलबार र बुधबार लिस्वनमा समेत भाइरसको संक्रमण बढेका कारण बैंठक मार्फत् सम्पूर्णको स्वास्थ्यलाई मध्यनजर गर्दै नारी दिवसको कार्यक्रमलाई स्थगित गर्नु परेको कार्यवहाक अध्यक्ष खरेलले जानकारी दिनुभयो ।

मार्टेमुनिजमा गर्ने तय भएको कार्यक्रममा ७ मार्चका दिन समाजले जेष्ठ नागरिक सम्मान, डिसेम्बर २०१९ बाट दिएको १ महिने व्युटिपार्लर तालिमको प्रमाण पत्र वितरण, हालै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस के हो रु र यसलाई कसरी कम गर्न सकिन्छ भन्ने बारेमा दक्ष चिकित्सक सहित जनचेतनामूलक जानकारी र गर्मी महिनामा अनुहारको सुरक्षा बारेमा व्युटि टिप्स सम्बन्धि जानकारी दिने तयारी समेत गरेको थियो । पोर्चुगलमा बसोबास गर्नुहुने नेपाली दिदिबहिनीहरुलाई मध्यनजर गर्दै नेपाली नारी समाज पोर्तुगलले महिलाहरुको क्षमता विकासका लागि वार्षिक रुपमा कार्यक्रमहरु गर्दै आईरहेको छ । आगामी दिनहरुमा यसवर्षको नारी दिवस बाहेकका कार्यक्रमहरु भने समयानुकूल मिलाएर गरिने समाजकी महासचिव सिता श्रेष्ठले जानकारी दिनुभयो । साथै समाजले भिडभाडका कार्यक्रमहरु नर्गन र सबैलाई सचेत हुन आग्रह गरेको छ । समाजको आधिकारी फेसबुक पेजबाट सूचना जारी गर्दै समाजले पोर्तुगलबासीहरुमा यस्तो अनुरोध गरेको छ ।