कपिलवस्तुको हर्दौनामा बर्डर आउट पोष्ट ( बिओपी) स्थापना

२३ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


डिलाराम भुसाल / कपिलबस्तु  – भारतीय सिमा क्षेत्र कपिलवस्तुको हर्दौनामा बर्डर आउट पोष्ट ( बिओपी) स्थापना भएको छ । एक समारोहबीच बिओपिको उद्घाटन सशस्त्र प्रहरी नायव महानिरिक्षक नारायणदत्त पौडेलले गरेका छन् । जिल््लाको महाराजगंज नगरपालिका १० हर्दौना स्थित बिओपी स्थापना गर्दै प्रदेश ५ का बाहिनीपति समेत रहेका पौडेलले सिमा क्षेत्रमा हुने आपराधिक गतिविधी नियन्त्रण हुने बताएका छन् । नेपाल सरकारको सिमा क्षेत्रको सुरक्षा सुदृढिकरणका लागि बिओपी स्थापना गर्ने योजना अनुसार प्रदेश नं ५ मा नयाँ बिओपी स्थापना भएको बताएको छ । नेपाल भर ११४ बिओपी स्थापना गर्ने र प्रदेश ५ मा ३३ रहेकोमा कपिलवस्तुमा ६ वटा स्थापना गरिएको बाहिनीपति नारायण दत्त पौडेलले बताएका छन् ।

खुला सिमानामा समस्या र चुनौती दुवै रहेको उल्लेख गर्दै आफनो संगठनले सिमा सुरक्षालाई बलियो बनाउने बताउँदै नागरिकलाई खुशी बनाउने कुरामा बिओपीले विशेष भ्ूमिका खेल्ने पौडेलले बताउदै सिमाक्षेत्रमा गलत गर्नेले डर मान्नुपर्ने अन्यथा नागरिकले कुनै अप्ठ्यारो मान्नु नपर्ने समेत बताएका छन् । बिओपी स्थापना पछि नागरिकलाई सही सूचना दिएर अपराध नियन्त्रणमा सघाउन समेत आग्रह गर्दै बाहिनीपति पौडेलले आपराधिक गतिविधी गर्ने व्यक्तिले डर मान्नु पर्ने बताए , ।जिल््लाको कुल ९३ किलोमिटर सिमा क्षेत्रमा प्रत्येक १७ किमिको दुरीमा बिओपी स्थापना भएकाले नागरिकको सुरक्षामा अनुशासनमा रही आफनो जिम्मेवारी पुरा गर्दै शान्ति सुरक्षामा खटिन सुरक्षाकर्मीलाई निर्देशन समेत दिएका छन् ।कार्यक्रममा प्रमुख जिल््ला अधिकारी दिर्घनारायण पौडेलले सिमा क्षेत्रमा हुने चोरी पैठारी,

अपराध नियन्त्रण र सुरक्षाको लागि निरन्तर शसस्त्र प्रहरी बल कृयाशिल रहेको समेत बताएका छन् । कार्यक्रम जिल्लाका शसस्त्र प्रहरी उपरिक्षक जनक पुरीले शान्ति सुरक्षा र प्रतिवद्धताको मर्म अनुसार नागरिकको सुरक्षामा खटिरहेको बताउदै द्धन्द्ध, विपद् र राजश्व जस्ता कार्यमा महत्वपूर्ण कार्य गरेको बताए । कार्यक्रममा नारायण दल गणका गणपति, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, वडा अध्यक्ष योगेन्द्र केसी, समाजसेवी लगाएतको उपस्थिती रहेको थियो । सोही अवसरमा नेपाल भारतीय सिमा क्षेत्र १० गजा र पिलरहरुको समेत निरिक्षण गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण