चोरी भएको ट्याक्टर प्रहरीले पक्राउ गरि सम्बन्धित धनीलाई बुझायो

२३ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


तनहुँ – पर्वतको कुस्माबाट चोरी भएको ट्याक्टर जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बुझाएको छ।पर्वतको कुस्मा शिबालय चोकमा सञ्चालित हिमालयन हार्डवयरबाट चोरी भएको लु४त ५९६२ नम्बरको ट्याक्टर चितवन तर्फ लैजाने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बुझाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले बरामद गरिएको न्यु होल्याण्ड ब्राण्डको ट्याक्टर खरिद कर्ता डि,एण्ड ,वि ट्रेडर्सका प्रोपाईटर बैकुण्ठ बराललाई विहिबार हस्तान्तरण गरेको बताए ।कुस्मा नगरपालिका ६ शिवालय चोक बस्ने शिव प्रसाद सुवेदीले २२ लाख ६५ हजार मुल्यमा खरिद गरेको ट्याक्टर बान्द्रेबिडीचौर नजिक आफ्नै पसल अगाडि पर्किङ गरिरहेको अबस्थामा फागुन १४ गते रातको समयमा चोरी भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया