भगवान बुद्ध र अलौकिक शक्ति

२३ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
539 Shares


बौद्ध तथा गैरबौद्ध समाजमा पाइने यस्ता अनौठा पात्रभन्दा कैयौं गुणा बढी क्षमता भएका धर्मगुरु र साधकहरू चुपचाप साधना गरिरहेका हुन्छन् ।ध्यान साधना का क्रममा आम व्यक्ति भन्दा फरक अनुभूति हुनु र केही क्षमता आर्जन गर्नु अलौकिकता होइन। समाजमा बेलाबेला विज्ञानले तत्काल ल्याउन नसक्ने प्रकृतिका घटना हुन्छन् । जसलाई चमत्कार वा अलौकिक जस्ता विशेषण दिन हतार गरिन्छ ।गूगल बुवाई’ का रूपमा प्रचारित काठमाडौंका आदित्य दाहाल नामका बालक एउटा यस्त उदाहरण हुन् । उनको नाममा सरकारले रु।१ करोड दिएपछि यसको औचित्यबारे प्रश्न पनि उठ्यो । ६ महीनासम्म निराहार तपस्या बसेको भनिएका रामबहादुर बम्जन यस्तै अर्को उदाहरण हुन् । कतिले त उनलाई ‘लिटिल बुद्ध’ भन्न समेत भ्याए ।साधारणतया पत्याउन गाह्रो हुने यस्ता घटना अन्यत्र मात्र नभई बुद्ध र बौद्ध धर्मका प्रसंगमा पनि छन्। कतिपय वैज्ञानिकले बौद्ध धर्म लाई आधुनिक विज्ञान संग नजिकको धर्म भनेको कारण यस्ता विचित्रका कुरालाई पछि सिर्जित वा अन्धविश्वास मान्नेहरू पनि छन । तर बुद्ध र बौद्ध धर्मलाई बुझ्न यी कुरालाई निषेध गर्न सकिदैन ।बौद्ध धर्मदर्शनको मूल तत्व नै प्रतीत्यसमुत्पाद हो, जसले प्राणीको जन्म र मृत्युको चक्रलाई चित्रण गर्दै त्यसको कारण बताउँछ । कुनै पनि घटनाको पछाडि कारण हुन्छ, त्यो कारणलाई नष्ट गर्न सके मात्र भवचक्रको अन्त्य हुने सिद्धान्त नै गौतम बुद्धको मौलिक खोज हो । यस अनुसार पूर्व जन्म र पुनर्जन्मको कुरा नकार्न मिल्दैन । बौद्ध धारणा अनुसार मानिसको मृत्युपछि कहिले, कहाँ र कुन योनिमा जन्म हुन्छ भन्ने कुरा उसले जीवनमा गरेको राम्रा वा नराम्रा कर्ममा निर्भर हुन्छ ।

पुनर्जन्मको बारेमा बेलाबेला देश-विदेशमा असाधारण प्रसंग बाहिर आउछ।यदाकदा बालबालिकाले पूर्वजन्ममा म यस्तो र उस्तो थिएँ भनी वर्णन गरेका घटनाहरू पूर्वीय समाजमा मात्रै नभई पश्चिम मुलुकहरूमा पनि पाइन्छन् । पूर्व जीवनमा कुनै प्रभावशाली लामा भिक्षु रहेको व्यक्तियों पुनर्जन्म भएछ भंते तिब्बती बौद्ध समाजमा उसलाई ‘टुल्कु भनिन्छ । तर ‘टुल्कु हुँदैमा साधनामा विशेष अर्थ नराखने भएका कारण सोही समाजमा पनि यसको औचित्यमाथि प्रश्न उठ्ने गर्छ । यस्तो पुनर्जन्मलाई सामान्यतया ‘अवतारी’ भनिएको पाइन्छ तर यो शब्द बौद्ध दृष्टिले उपयुक्त मानिदैन ।बौद्ध इतिहासमा ‘सिद्ध परम्परा चर्चित छ । मुख्यतया ८४ जना सिद्धको उल्लेख हुने गरे पनि ती बाहेक अरू सिद्ध पनि हुन्छन् । सिद्धहरूका बारेमा तिलस्मी करा सुनिन्छन् । हावामा उड्ने, तत्क्षण का ठाउँमा पुग्ने, पूर्वजन्मको कुरा बताउन सक्ने लगायत क्षमता अलौकिक लाग्छन् । यस्ता घटनामा स्वयं गौतम बुद्ध पनि सरिक भएका विभिन्न प्रसङ्ग पाइन्छन् । यसलाई बौद्ध समाजमा ‘ऋद्धिप्रतिहार्य प्रदर्शनी’ भनिन्छ ।गौतम बुद्ध त्रायंतीश देवलोंकमा गएर माता मायादेवी लाई उपदेश दिए को, उतै तीन महीना बसेर संकाय (भारत) गरेको घटनालाई बौद्ध समाज के अलौकिक व तिलस्मी मान्दैन । ‘त्रिपिटक’ अन्तर्गतका दुई ग्रन्थ ‘थेरगाथा’ र ‘थेरीगाथा’ बद्धकालीन प्रभावशाली भिक्षु-भिक्षुणीहरूले बुद्धको आज्ञा अनुसार बुद्धकै समक्ष गरिएको ‘ऋद्धिप्रतिहार्य प्रदर्शन को वर्णन हो ।सबै बौद्ध सम्प्रदायका ग्रन्थहरूमा यस्ता

ऋद्धिप्रतिहार्यको घटना सामान्य रूपमा उल्लेख गरिएका छन् ।बौद्धहरू साधनाका रूपमा ध्यान गर्ने। ध्यान की विभिन्न तह पार गर्दै जाँदा ऋद्धि (अलौकिक शक्ति) क्षमता प्राप्त हुन्छ । बुद्धत्व प्राप्ति अघि सिद्धार्थ गौतमले ध्यानकै क्रममा यस्तो अद्धि प्राप्त गरेको वर्णन भेटिन्छ । त्यसै क्रममा उनले एकपछि अर्को गर्दै अनेकौं पूर्वजन्मबारे थाहा पाएका थिए, र अन्तिममा मात्रै बुद्धत्व प्राप्त भएको थियो । साधारण भिक्षुहरूले पनि ध्यान को बलमा ऋद्धि प्राप्त गर्द अन्ततस् महत्व (श्रावक बुद्ध) प्राप्त गरेको कुरा बौद्ध ग्रन्थ हरु मा पाइन्छ ।बुद्धले भिक्षु-भिक्षुणीहरूलाई ऋद्धि जहाँसुकै प्रदर्शन गर्दै हिंड्न प्रतिबन्ध लगाएको घटना भने मनन योग्य छ। ऋद्धि का दुरुपयोग नहोस् भनेर प्रतिबन्ध लगाइएको थियो । तत्कालीन समाजमा बौद्ध भिक्षु तथा भिक्षुणी बाहेक अन्य सम्प्रदाय पनि ऋद्धि प्रदर्शनको प्रचलन थियो र यसको प्रतिस्पर्धा नै चल्थ्यो। ऋद्धि क्षमता भएकाहरूले सर्वसाधारणलाई चमत्कृत पारी समाजमा वाहवाही पाउने भएकाले थप साधनामा नलागी त्यसैमा रुमल्लिने प्रवृत्ति थियो । यसको अर्थ, साधनाको क्रममा प्राप्त हुने ऋद्धिवल बाइप्रोडक्ट’ मात्रै हो । एउटै परिवेशमा जन्मेहुर्केका मानिस पनि फरक विशेषता र क्षमता को हुन्छ । यसलाई बौद्ध धर्म के स्वाभाविक मान्छ । तर, यही क्षमतालाई भजाएर खानु वा प्रतिष्ठाको विषय बनाउन बौद्ध दृष्टिकोण निष्क्रिय हुनु हो।ध्यान साधना का क्रममा साधकलाई आम व्यक्ति भन्दा फरक अनुभूति हनु अलौकिक र असाधारण कुरा होइन । तर, साजमा यसैलाई विशेष मानेर चर्चा गरिन्छ । बौद्ध तथा गैरबौद्ध समाजमा पाइने यस्ता अनौठा पात्रभन्दा कैयौं गुणा बढी क्षमता भएका धर्मगुरु र साधकहरू चुपचाप साधना गरिरहेका हुन्छन् ।साभार: हिमाल पत्रिका

फेसबुकबाट तपाईको प्रतिक्रिया