गैंडहवामा नेपाली काङ्ग्रेसको सकृयता

२३ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल  –  रुपन्देहीको गैंडहवामा नेपाली काङ्रेसको सक्रियता बढेको छ । गैंडहवामा नेपाल तरुण दल वडा न ६ को नया कार्यसमिती गठन हुनु का साथै नेपाली काङ्ग्रेसको वडा भेला सम्पन्न भएको छ भने जेष्ठ नागरिक लाई सम्मान गरिएको छ । वडा सभापति कृष्ण मोहन यादब को अध्यक्षता हरि कुमार रेग्मीको सन्चालन तथा नेपाली काङ्रेसका युवा नेता तथा प्रदेस सभा सदस्यका उम्मेदवार बिष्णु पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथी पोख्रेलले नेपाल तरुण दल बलियो भयो भने नेपाली काङ्ग्रेस बलियो बन्न सक्छ भन्दै सबै मिलेर नेपाली काङ्ग्रेस लाई बलियो बनाउन लाग्नु पर्ने बताउदै अन्याय र अत्यचारको विरुद्धमा तरुण दल सदैब लाग्नुपर्ने बताउनु भयो।

नेपाली काङ्ग्रेस गैंडहवा गाउँ पालिका सभापती सत्य नारयन पथिक ,नेपाल तरुण दल जिल्ला प्रतिनिधि बिजय शर्मा , गाउँ पालिका उपाध्यक्ष कि उम्मेदवार मन्जु न्योपाने , वडा सचिब सुरेन्द्र सिङ लगाएले मन्तब्य राख्नु भएको थियो । होमनाथ केवट को नेतृत्व मा नेपाल तरुण दलको वडा समिति गठन भएको छ जसको उपाध्यक्ष अखिलेस केवट सचिव रामदास केवट , काेषाधक्षमा दिपेन्द्र कुर्मी रहनु भएको छ । समितीको सदस्यहरुमा बिक्रम केवट , सोनु केवट , इन्दु केवट, ध्रमेन्द्र केवट लगायत रहनु भएको छ । जेष्ठ सदस्य हरु अजोध्या धोबी , जोखु धोबी ,सोरहद लोध ,लोखै कहार ,मरो कुर्मी ,शिव पुजन मिस्र, छानुर केवट , दुखहरन केवट, हरिबन्स केवट ,राजाराम तेलि बृजमोहन धोबी ,अल्गु यादब, राज देब केवट, छोटेलाल केवट,राजमती कहारलाई सम्मान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग