नेकपा क्षेत्रीय कमिटीले कोरोनाविरुद्ध टोलटोलमा जनचेतना जगाउने

२३ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर २ रुपन्देहीले कोरोना भाइरसविरुद्ध टोलटोलमा जानकारीमूलक सन्देश प्रवाह गर्ने भएको छ । पार्टी केन्द्रको निर्देशन बमोजिम टोलटोलमा जानकारीमूलक पर्चा वितरण गर्नुका साथै सन्देश प्रवाह गर्ने निर्णय क्षेत्रीय कमिटीको शुक्रबार बसेको बिस्तारित बैठकले गरेको हो ।निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ र प्रदेशसभा २ कमिटीसहित बसेको संयुक्त बिस्तारित बैठकले पार्टी एकता सुद्धिढीकरण अभियानलाई प्रभावकारी ढंगले अघि बढाउन तयारी गर्ने र जनसम्बन्ध बिस्तारलाई पनि जोड दिने निर्णय पनि गरेको क्षेत्रीय कमिटीका संयोजक तेजेन्द्र केसीले जानकारी दिए ।बैठकलाई संबोधन गर्दै नेकपा प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले कोरोना भाइरसको जोखिमका कारण पार्टीले तत्कालका लागि विशेष अभियान स्थगीत गरेको जानकारी दिइन् । उनले पार्टीले अंगीकार गरेको नीति र नेतृत्वप्रति उत्तरदायी हुन आग्रह गर्दै परिवर्तनप्रति विश्वस्त हुनुपर्ने बताइन् । उनले असम्भव कुरालाई कामबाट सम्भव तुल्याउनुपर्नेमा जोड दिंदै जनसंगठनलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्ने बताइन् ।

बैठकलाई संबोधन गर्दै पार्टीका रुपन्देही इन्चार्ज एवं प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सरकारले गरेका राम्रा कामलाई जनतामाझ लैजानुपर्ने बताए । उनले नकारात्मक कुराहरुको चर्चा बढी हुने गरेको भन्दै सकारात्मक कुराहरुको प्रचारप्रसारका लागि कार्यकर्ताहरुले भूमिका खेल्नुपर्ने बताए । बैठकलाई नेकपा रुपन्देहीका सहइन्चार्ज एवं प्रदेशसभा सदस्य दधिराम न्यौपाने, प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकाल, पुरन गुरुङ, नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी, सचिव नारायण जिसीलगायतले संबोधन गरेका थिए । बैठकमा पार्टीका बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी, तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईं, सैनामैना नगर कमिटी अध्यक्ष नारायण न्यौपानेले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले पार्टीका जिल्ला सदस्य ज्ञानप्रसाद अर्यालकी आमा देउरुपा अर्याल र तिलोत्तमा वडा नम्बर ६ का पार्टी सदस्य क्रृषिराम शर्माको निधन भएकोमा श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको क्षेत्रीय सचिव होमनाथ न्यौपानेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण