टिपरको ठक्करबाट श्रीमतीको मृत्यु,श्रीमान घाइते

२३ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


पाल्पामा टिपरको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन्।सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको लामीडाँडामा शुक्रबार लु.२ ख ३१७८ नम्बरको टिपरले लु.७ प ४३४ नम्बरको मोटरसाइकललाई मोटरसाइकललाई ठक्कर दिँदा तानसेन नगरपालिका–७

म्यालधाराकी ५५ वर्षीया मधु श्रेष्ठको ज्यान गएको हो ।दुर्घटनामा मोटरसाइकल चालक मृतक मधुका श्रीमान् ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया