साना किसानको ३ दिने लेखा समिति तालिम सुरु

२३ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


विवश विष्ट / बुटवल – मंगलापुरमा ३ दिने लेखा समिति तालिम सुरु भएको छ। साना किसान विकास लघुवित्त वित्तय संस्था लि. क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा तालिम सुरु भएको हो।शुक्रबारदेखि सुरु भएको लेखा तालिममा ३० जना लेखा समिति पदाधिकारीहरुको उपस्थित रहेको छ। ३ दिनको अवधिमा पदाधिकारीहरुलाई लेखासमितिको गठन प्रकिया,भौचर बनाउने तरिका, संस्थाको आर्थिक प्रशासनिक नियमहरु बजेट व्यावस्था र भुमिका, बजेट नियन्त्रण प्रकिया,लेखा समिति भुमिका लगायतको प्रशिक्षण गरिने तालिम प्रतिवेदक सुचिता कुमारी घिमिरेले बताइन।

साना किसान कृषि सहकारी संस्था लि. मा आबद्ध लेखा समितिका पदाधिकारीहरुलाई संस्थाको बारेमा पुर्ण जानकारी दिई लेखा परीक्षण तथा आन्तरिक नियन्त्रण प्रणालीबारे आधारभूत जानकारी दिने उदेश्यका साथ तालिम संचालन गरिएको छ। साथै आआफ्नो संस्थाको लेखा जाँच गरन सक्ने तथा अनियमितता हुन नदिई शुसासन कायम राख्दै संस्थालाई वित्तीय रुपमा अनुशासित, सबल र सुदृढ बनाउन सक्षम लेखा समिति तयार पार्ने उदेश्यले कार्यक्रम तय गरिएको तालिम संयोजक शिवहरि अर्यालले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • “कोरोना सक्रमीको दशै अनुभब : अरुको निधार टल्किएपछी आफै लगाए…
  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा