अनियन्त्रित भइ बस पल्टिदा २३ घाइते (नामावलीसहित)

२३ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


धनकुटा  –  धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा शुक्रबार दिउँसो बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
धरानबाट तेह्रथुमको सुदापतर्फ जाँदै गरेको को.१.ख २८२४ नम्बरको बस अनियन्त्रित भइ दिउँसो करिव साढे १२ बजे दुर्घटना भएको हो ।दुर्घटनामा घाइते भएकाहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । अधिकांश घाइतेको अवस्था सामान्य छ । ओरालो सडकमा अनियन्त्रित भइ सडक छेउमा बस पल्टिएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।घटनापछि बस चालक धनकुटाको सागुरीगढी–१ का २५ बर्षीय प्रदिप लिम्बुलाई ईलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ । घाइतेको नामावली

१. मोरङ केराबारी गाउँपालिका–९ का ३२ बर्षीय अमर राई

२. मोरङ केराबारी गाउँपालिका–९ का २६ बर्षीया चन्द्रकला राई

३. मोरङ केराबारी गाउँपालिका–९ का चन्द्रकला राईकी छोरी १ बर्षीया सुमिता राई

४. धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का २३ बर्षीय कृष्ण लिम्बु

५. धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ४२ बर्षीय नविन लिम्बु

६. धनकुटाको चौबिसे गाउँपालिका–७ का ५० बर्षीया उर्मिला बराल

७. संखुवासभाको खपना–५ का २७ बर्षीय नविन खत्री

८. धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ का ३० बर्षीया सम्झना राई

९. धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ का २९ बर्षीय कमल लिम्बु

१०. धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ का २९ बर्षीय डम्बर मगर

११. तेह्रथुमको छथर गाउँपालिका–१ का २३ बर्षीया दुर्गा कार्की

१२. धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ का १९ बर्षीय भगवती दाहाल

१३. धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ का १२ बर्षीया अञ्जली दाहाल

१४. मोरङको पथरीशनिश्चरे–१० का ८० बर्षीय उदय बहादुर भट्टराई

१५. धनकुटाको पाख्रीबास नगरपालिका–६ का ३० बर्षीया रमा सापकोटा

१६. सुनसरीको ईटहरी उपमहानगरपालिका–११ का ४२ बर्षीया साबित्रा थापा

१७. सुनसरीको ईटहरी उपमहानगरपालिका–११ का ५६ बर्षीया टिकादेवी भट्टराई

१८. धनकुटाको धनकुटा नगरपालिका–९ बेलहाराका ३५ बर्षीया इन्दिरा बिष्ट

१९. सुनसरीको ईटहरी उपमहानगरपालिका–९ का २५ बर्षीया जानुका बस्नेत

२०. सुनसरीको ईटहरी उपमहानगरपालिका–५ का ३० बर्षीया निर्मला दाहाल

२१. मोरङको उर्लाबारी नगरपालिका–४ का ४० बर्षीया साबित्रा श्रेष्ठ

२२. मोरङको पथरीशनिश्चरे–६ का २२ बर्षीया पुजा श्रेष्ठ

२३. काठमाण्डौ धलिखेल–९ का ४० बर्षीय रगु श्रेष्ठ

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्लिन फिड लागू
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो