पुँजी निर्माण विकासको आधार हो :मन्त्री अर्याल

प्रकाशित मिति:

स्याङ्जा—फागुन । भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले अब पुँजी निर्माण गर्ने नै विकासको आधार भएको बताएकी छन् । नापी कार्यालय वालिङको नवनिर्मित भवनको समुदघाटन तथा स्याङ जिल्ला पुन नाप नक्सा शुभारम्भ गर्दै मन्त्री अर्यालले अबको विकासको आधार भनेको पुँजी निमार्ण भएको बताएकी हुन् । विकासको सुचाङ्क भनेको पुँजी निमार्ण भएको भन्दै अब पुल पुलेसा निमार्ण भन्दा पनि पुँजी निमार्ण कति भएको छ भन्ने हो मन्त्री अर्यालको भनाई थियो । विकासका खाँका सहित सरकार अगाडी बढिरहेको जानकारी दिदै मन्त्री अर्यालले देशलाई कति समृद्धि बनाउन सकियो भन्ने मापन गर्ने बेला आएको बताईन् । जुन—जुन मन्त्रालय नेतृत्व गर्ने व्याक्तिहरुको परिक्षण बाट मात्रै देशको समृद्धि बुझ्न सकिने मन्त्री अर्यालको भनाई छ ।

सरकारले नेपालको भुमीलाई व्यवस्थापन गर्न नयाँ प्रविधिबाट जग्गाको नापी गर्ने व्यवस्था सगै जमिनलाई स्क्यानीक गर्ने तयारीमा जुटेको बताईन । मित्र राष्ट्रहरुबाट भुमी मिचिएको खबर पटक पटक आईरहदा अब यो सुविधाले नेपालको नक्सालाई बचाउ गर्ने मन्त्री अर्यालको दावी छ । हिजोको प्रविधिले नेपालको जग्गा जमिन नमिलेको उदाहरण दिर्दै अब नयाँ प्रविधिले नापी गरेपछि जमिनको भाग मिल्ने मन्त्री अर्यालको भनाई छ । नेपाली जनता भन्ने बातवरण बनाउन सबै राजनीतिकदलहरु एक हुनु पर्ने जिकिर गर्दै राजनीतिक परिवर्तनका निम्ति सबै लोकतान्त्रिक शक्ति एक ठाँउमा भएकै कारण आजको दिन प्राप्त गरेको मन्त्री अर्यालले बताईन् । भष्ट्रचार न्युनिकरण गर्न यो सरकार कठोर भएर लागेको उल्लेख गर्दै मन्त्री अर्यालले यो सरकारको पालामा कमै भष्ट्रचार भएको दावी गरिन् । लिपुलेक लगायतका नेपालको भुमि मित्र राष्ट्रले मिचेको भनिएको खबरलाई यो सरकारले निर्वाधरुपमा पत्राचार गरि भारतीय सेनालाई हटाउन आग्रह गर्ने पनि पहिलो यो सरकार भएको मन्त्री अर्यालको भनाई थियो ।
समुदघाटन कार्यक्रममा गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहनप्रसाद रेग्मी, नापी विभागमा महानिर्देशक केदार न्यौपाने, गण्डकी प्रदेश सांसद मिनप्रसाद गुरुङ, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, पुतलीबजार नगर प्रमुख सिमा क्षेत्री, आँधीखोला गाँउपालिकाका प्रमुख सुधिर पौडेल, नेकपाका जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे, नेपाली काँग्रेसका सरस्वती तिवारी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल र जग्गादाता डोलराज तिवारी लगायतका बक्ताहरुले जनतालाई सेवा प्रवाहमा सुविधायुक्त भवनबाट दिनुपर्छ भन्ने मान्यतालाई सरकारले शिरोधार्य गरेको बताएका थिए । अपाङ्गमैत्री सहितको नापी भवन आत्रेय÷ब्रम्हायणी÷कामख्य जे.भी काठमाण्डौले निमार्ण गरेको हो । २ करोड १४ लाख २६ हजार १ सय ५४ रुपैयामा निर्माण गरिएको भवन १४ कोठाको रहेको छ । वालिङको नापी कार्यालयबाट साविकका ३१ गाविसका जनताको सेवा प्रवाह गर्दै आएको छ ।