कृषि विकास बैंकबाट सहयोग हस्तान्तरण, किसानमुखी योजना बनाउदै बैंक

प्रकाशित मिति:

स्याङ्जा— कृषि विकास बैंक चापाकोट शाखाले स्थानीय दुध संकलन गर्ने सहकारीलाई सामाग्री सहयोग गरेको छ । बैंक नाफामुखी मात्रै होइन सहयोगी भावना पनि हुन्छ भन्ने सन्देश सगै बैंकले साना किसान सहकारीलाई सामाग्री सहयोग गरेको हो । सामाजिक उत्तरदायीत्वमा बैंकले कुनै भुमिका निभाउन सकेनन् भन्ने आलोचना खेपीरहेका बेला कृषि विकास बैंकको यो सहयोगले बैंकलाई थप उचाईमा पु¥याएको सरोकारवालहरुको भनाई थियो । चापाकोट नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउने उदेश्यले स्थापना गरिएको वडा नम्वर ८ स्थित रत्नपुर साना किसान कृषि सहकारीबाट संचालित दुध संकलन तथा चिस्यान केन्द्रलाई सामाजिक उत्तरदायीत्व अन्तर्गत कृषि विकास बैंकले दुध संकलन केन्द्रलाई दुई थान डि फ्रिज, दुध बोक्ने क्यान ५ थान र पनिर बनाउन सहज हुने पनिर ड्राई १ थान सहयोग गरेको हो । दुई बर्ष अगाडी मात्रै स्थापना गरेको सहकारीले यहाँका किसानको दुध संकलन गरेर आय आर्जनमा टेवा पु¥याउदै आएको छ । बैंकले वित्तिय साक्षरता सगै सहयोगी मन लिएर जनताको घर आँगनमा आएको चापाकोट उपप्रमुख विमला श्रेष्ठले बताईन् । सामान पाउनु भन्दा जोगाउनु ठुलो र पैसा कमाउनु भन्दा बचाउनु ठुलो हो उपप्रमुख श्रेष्ठले भनिन्,“किसानको हौसला सगै जागर बढाउन यो सहयोगीभावले मद्त पुग्ने छ । अब पुरानै कृषि लगाउने शैलीमा फर्किनु पर्ने अवस्था सिर्जना भएकोले सबै दाजुभाईहरु कृषि र पशु पालनमा लाग्न आग्रह गरिन् । नयाँ नयाँ प्रविधि सगै कृषिमा विसंगति पनि भित्रिएको जस्तो लाग्छ उपप्रमुख श्रेष्ठले भनिन्,“परम्परागत कृषि प्रणाली बैज्ञानीक र अर्गानीक रहेछ ।” यो पुरानै पथमार्गलाई पछ्याउनुपर्ने अवस्था आयो उनले भनिन् । हामीले पालेका गाई भैसीको गोवरबाट फल्ने कृषि उपज पछिल्लो समय विशादीमा परिणत हुन लागेको उनले बताईन् । हाम्रो उत्पादन किन घट्यो भन्ने विषयको खोजी हुनु आवश्यक रहेको श्रेष्ठको भनाई थियो । कृषि विकास बैंकले पैसा मात्रै लगानी गरेर व्याज लिने रहेन्छ भन्ने उदाहरण यो सामाग्री दिएर प्रष्ट पारेको उनले बताईन् ।

सरकारले कृषिमा आत्मनिर्भर नबनाए सम्म देशलाई समृद्धि बनाउन सकिदैन भन्ने लक्ष्य अनुरुप बैंकले चापाकोटका किसानहरुले संचालन गरेको दुध संकलन केन्द्रलाई चाहिने सामाग्री सहयोग गरेको बैंकका गण्डकी प्रदेशका प्रमुख करणचन्द्र घिमिरेले बताए । तपाईहरु काम गर्नुहोस हामी लगानी गछौं घिमिरेले भने,“जनताको आय आर्जनमा बैंक कुनै कसुर बाकी राख्ने छैन ।” कृषि विकास बैंकले पछिल्लो समय अत्याधुनी प्रविधिबाट बैंकिङ् सेवा प्रवाह गरेको छ सेवा लिन नचुक्नु होला उनले भने ।
बैंकले गरेको यो सहयोगले किसानहरुमा आत्मबल सगै कृषिमा जागर बढ्ने सहभागी किसानहरुले बताए । सामाग्री हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश शाखा प्रमुख मोतिप्रसाद पौडेल, चापाकोट शाखा प्रमुख दिपेन्द्र पोखरेल, वाड नम्वर ८ का अध्यक्ष नवराज श्रेष्ठ, सहकारीका अध्यक्ष जिवन डोटेल लगायतका बक्ताहरुले अन्य बैंकहरुले पनि यसरी सहयोग गर्दै जाने हो भने सबै किसानहरुलाई हौसला प्रदान हुने बताएका थिए । १६० शेयर सदस्यबाट शुरु गरिएको सहकारीले ६० जना किसानको २५० लिटर दैनिक दुध संकलन गर्दै आएको छ । संकलन गरिएको दुध चापाकोट नगरपालिकामा नै खपत हुने गरेको सहकारीले जनाएको छ । बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत खानेपानी, शिक्षा, पाटीपौवा, स्वास्थ्य लगायतमा सहयोगी भुमिका खेल्दै आएको छ । यो सहयोग भने स्याङ्जामा पहिलो भएको बताइएको छ । कृषि विकास बैंकले स्याङ्जाको सदरमुकाम पुतलीबजार, वालिङ नगरपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिकामा सेवा प्रवाह गर्दै आएको छ । भैसी पालेर आफ्नो आयआर्जनमा टेवा पुग्ने आशा बोकेका यहाँका किसानलाई कृषि विकास बैंकले सामाग्री सहयोग पश्चात अझै आत्मबल बढ्ने देखिन्छ । सामाजिक उत्तरदायीत्व अन्तरगर्त सहयोगको भावना अगाडी बढाएको बैंकको अन्य बैंकहरुले पनि सिक्नुपर्ने देखिन्छ ।