मास्कको अभाव हट्न एक साता लाग्ने

२४ फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – कोरोनाभाइरसको जोखिमपछि चरम अभाव भएको मास्कको माग धान्ने गरी उत्पादनको तयारी सुरु भएको छ ।नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा व्यवसायी दिपक मलहोत्रालगायतले हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गर्ने भएका हुन् ।चेम्बरले व्यवसायी दिपक मलहोत्राको संयोजकत्वमा मास्कको समस्या समाधानका लागि कमिटी गठन मलहोत्राले मास्क उत्पादन गर्ने मेसिन झिकाएका छन् ।

भारतबाट मेशिन अर्डर गरिसकेकाले आगामी सातादेखि मास्क उत्पादन थाल्ने मलहोत्राले जानकारी दिएका छन् ।एक हप्तामा ५ लाख पिस मास्क उत्पादन भएपछि मास्कको अभाव घट्ने उनले दावी गरेका छन् ।सरकारले मास्क र स्यानिटरी आइटममा तत्कालका लागि भन्सार मिनाहा छुट दिने निर्णय गरेपछि व्यवसायीहरु मास्कको आयात एवं उत्पादन गर्ने आवश्यक पर्ने सामग्री आयतामा केन्द्रित भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया