क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको नेतृत्वमा नेपाली युवती

प्रकाशित मिति:

बेलायत – विश्वकै प्रतिष्ठित मध्येको एक क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको नेतृत्वमा नेपाली युवती पुगेकी छन् ।

युनियनको अध्यक्षमा नेपाली युवती आस्था दाहाल निर्वाचित भएकी भएसँगै ख्यातिप्राप्त विश्वविद्यालको विद्यार्थी युनियनको नेतृत्व नेपालीमा पुगेको हो ।आस्थाले कुल खसेको २ हजार ७ सय ४४ मतमध्ये एक हजार ३ सय ९५ मत प्राप्त गरेकी थिइन् । उनीसँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी लुइसा डेरागोनले ७ सय ८ मत प्राप्त गरिन् ।

दाहालले आगामी जुलाईदेखि जिम्मेवारी सम्हाल्ने छिन् । विश्वभर प्रख्यात क्याम्ब्रिज बेलायतको पुरानो बिश्वविद्यालय हो ।

आस्थाले विश्वविद्यालयमा मानसिक स्वास्थ्य सेवालाई बढावा दिने र विद्यावारिधिका विद्यार्थीलाई दिइने आर्थिक सहयोग बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।