वडा नम्बर ११ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२४ फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


कपिलवस्तु – कपिलवस्तुको वाणगंगा नगरपालिका अन्र्तगत वडा नम्बर ११ मा अहिले धमाधम विकासका योजना सँगै सामाजिक विकास अन्र्तगतका लक्ष्ति वर्गका काम पनि भईरहेका छन् । वडा अध्यक्ष सोमनाथ आर्यालले चालु वर्षका योजनाहरुको काम धमाधम भईरहेको बताएका छन् । वडा नम्बर ११ ले भौतिक विकासलाई मात्र विकास नठानी नागरिकको दैनिक जीवनलाई विकास गर्ने गरी योजनाका काम संचालन गरिरहेको बताएका छन् । शिक्षा,स्वास्थ्य सिंचाई कृषि लगायत सडक ,पुलपुलेसा मठमन्दिर,नाली निर्माण आदी ईत्यादी भौतिक पूर्वाधारमा लगाईएको लाखौँकरडौँ लगानीको प्रतिफल अवस्य नै राम्रो नराम्रो हुन सक्नेछ वडा अध्यक्ष अर्यालले भनेका छन् , तर भविष्यका कर्णधार अनि मुलुकका जजोलयमान नक्षत्रहरुको मनोभावलाई पुरस्किृत गर्नु वडाको लागि पनि एक उपलब्धि हो ।

वडामा संचालित ६ वटा सामुदायिक विद्यालयका ३० जना, र सस्थांगत विद्यालयका १८ जना गरि वडा नम्बर ११ का कुल ४८जना जेहन्दार ,गरीब अतिविपन्न आदीवासी तथा जनजाति विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक साग्री वितरण गर्दै उनले यस्तै बताएका हुन । शुक्रबार आयोजित पोशाक तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा वडा अध्यक्ष अर्यालको प्रमूख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा वडा सदस्यहरुको विशिष्ट आत्तियथ्ताका बिचमा विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरुलाई सो सामग्री सँगै पोशाक पनि वितरण गरिएको हो । पोशाका पाए सँगै वालिवाकिला खुसी भए भने वडाले पनि आगामी दिनमा विद्यार्थी र विद्यालय शिक्षाका लागि अझ रचनात्मक तवरबाट योजना बनाई वडाको विकासमा लाग्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया