आगलागी पीडितलाई छिमेकीले बनाईदिए नयाँ घर !

प्रकाशित मिति:

असोज २७ काठमाडौं । आगलागीबाट घरबारविहीन भएका पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर पाएका छन्।

महाशिला गाउँपालिका–१ होस्राङ्दीका आगलागी पीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आएका छिमेकी उज्ज्वल गुरुङले नयाँ घर र दक्षिण कोरियामा बस्दै आएकी दीपा रानाले गोठ निर्माण गरिदिएका हुन्।

गत वैशाख १६ गते आगलागी हुँदा खरिलालको घर र गोठ जलेपछि अधिकारी आफन्तको शरणमा बस्दै आएका थिए।

तीन लाख रुपैयाँ खर्च गरेर घिमेकीले सो घर निर्माण गरिदिएका हुन्।