खाद्य मेलामा प्राङ्गारिक वस्तुप्रति आकर्षण

२४ फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा  – रुपन्देहीको तिलोत्तमामाआयोजना गरिएको खाद्य मेलामा परम्परागत र पोषिला खाद्य वस्तु प्रति उपभोक्ताको आकर्षण बढेको छ।“परम्परागतपोषिलो एवं स्थानीय खाद्यपदार्थको प्रवद्र्धन गरौं,असल खानाका लागि खाने  बानी सुधार गरौँ”भन्ने नाराका साथ परम्परागत र संस्कृतिअनुसार जोडिएका पोषणयुक्त खाद्य वस्तुको प्रचारप्रसार र उपभोगका बारेमाजानकारी दिने उद्देश्यका साथ क्षेत्रीयखाद्यप्रविधितथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामा भएको खाद्य मेलाआइतबार सम्म चल्नेछ । मेलामा विभिन्न जातजातिका परम्परागत परिकार तथा विभिन्न उद्योगबाट उत्पादित खाद्य वस्तु बिक्री वितरणका लागि राखिएको छ ।मेलाअवलोकनमाआएका मध्ये अधिकांशले प्राङ्गारिक कोदो र फापरको पीठो, मकै, मकैको आँटो, स्याउको सुकुटी, च्याउको परिकार, मौरीको मह, गुन्द्रुक, सिस्नोको धुलो, अचार आदिमा रुचि देखाएका छन् । मेलामा थारु र मगर समुदायको संस्कारसँग जोडिएका खाद्य परिकार ढिक्री, घोँगी, खरिया, सेलरोटी, बटुक, च्याउ,

केराको परिकार लगायत खानेकुराका साथै समुदायको संस्कृति झल्कने परिकार राखिएका छन् ।उपभोक्तालाई पोषणयुक्त खाद्य वस्तुको प्रयोगका बारेमा जनचेतना फैलाउन मेलाआयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्यनिरीक्षक श्रवणकुमार ढुंगानाले बताए । स्थानीय स्तरमाअल्पप्रचलनमा रहेका खाद्यपदार्थको उत्पादन विविधीकरण तथा पौष्टिक महत्वका बारेमा सर्वसाधारणलाई जानकारी गराउन मेला उपयोगीउनले जानकारी दिए खाद्य मेलामा शनिबार चर्चित लोक तथा दोहोरी गायकबद्रि पंगेनीले गीतमार्फत दर्शकहरुलाई मनोरन्जन दिलाएका थिए । मेलामा कलाकारहरु पुरुषोत्तम भण्डारी, उज्ज्वलगिरी, मन्जु भट्टराई लगायतको पनि प्रस्तुती रहेको आयोजकले जनाएका छन् । खाद्य सम्बन्धी विभिन्न प्रकृतिका ६० वटा स्टल रहेको मेलामा दोस्रो दिन शनिबार दर्शक उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको खाद्यनिरीक्षक ढुंगानाले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया