घरेलु साना तथा औद्येगिक महोत्सव :मेलाका दर्शकको नि:शुल्क स्वास्थ्य परिक्षण

२४ फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल – बुटवलमा जारी प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवमा आएका दर्शकको लागि निशुल्क स्वास्थ्य परिक्षण भईरहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५ को आयोजनामा गर्न सञ्चालीत प्रादेशिक स्तरको महोत्सवमा आएका दर्शकहरुलाई लायन्स क्लव अफ बुटवल युथको सहयोगमा निशुल्क स्वास्थ्य परिक्षण कार्य भईरहेको आयोजकले जनाएको छ । महोत्सवको मुख्य गेट नजिकै रहेको स्टलबाट निशुल्क स्वास्थ्य परिक्षण गराईरहेको क्लवले जनाएको छ । महोतसवमा आएका दर्शकहरुलाई प्राथमिक उपचार सहित केही साधारण परिक्षणहरु पनि भईरहेको क्लवले जनाएको छ ।मेलामा डान्स आईडल चर्चामा – बुटवलमा सञ्चालीत मेलामा बुटवल डान्स आईडलको कारणले चर्चा पाएको छ । शनिबार बुटवल डान्स आईडलका टप १० प्रतिष्प्रधीले प्रतिभा देखाएको आईडल संयोजक सुन्दर गुरुङ्गले बताए । शनिबार आईडलका टप टेन प्रतिष्प्रधीले सहभागिता जनाउने संयोजक गुरुङ्गले जानकारी दिए ।

आईडलको बिजेताले नगद ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको प्रथम हुनेले म्युजिक भिडियोको पनि अफर रहेको छ । आईडलको दोस्रो हुनले २५ हजार ५ सय ५५, तेस्रो हुनेले १५ हजार ५ सय ५५ र सान्त्वना ५ हजार ५ सय ५५ रुपैयाँ रहेको आयोजकले जनाएको छ ।साथै मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कलाकारहरुले दर्शकलाई मनोराञ्जन प्रदान गराईरहेका छन् । चैत १२ गते सम्म सञ्चालन हुने मेला महिलाको नेतृत्वमा भएको पहिलो मेला भएकोले सहयोग गर्न प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले आग्रह गरीन् । महोत्सवमा स्वदेशी वस्तुको प्रवद्धनका लागि विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा रहेको संस्थाकी प्रदेश ५ महासचिव पार्वती अधिकारीले बताईन्। महोत्सवमा कृषि बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास,

सहित प्रर्यटन प्रवद्धनका स्टलहरुको पनि सहभागिता रहने छ ।पेशागत सम्मानको वातावरण निमार्ण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ ।महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्रि एवं वस्तुहरुको प्रर्दशनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी,बैक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको प्रर्दशनी,विभिन्न औघोगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पिादित वस्तु तथा सामाग्रिहरुको प्रर्दशनी लगायतका कुराहरु रहेको आयोजकले जनाएको छ ।एक करोडको आर्थिक कारोवार एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।बुटवल उपमहानगरपालिका वडा न ११ देविनगर रंगशाला नजिकैको खुल्ला मैदानमा महोत्सव चलिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया