विद्यार्थीले गरे कोरोना सम्बन्धी सचेतना कार्यक्रम

२४ फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा – सेण्टजोसेफ ईबो माविका विद्यार्थीहरुले करिब १६ किलोमिटर परिक्रमा गरेर विश्वमा महामारीको रुपमा देखिएको कोरोना भाईसर सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् । सेण्टजोसेफ स्टुडेण्ट क्लब रसेण्ट जोसेफ रेडक्रस सोसाईटीको आयोजनामा सेण्टजोसेफ स्टुडेण्ट क्लबकासंयोजक सुमन दगामीको संयोजकत्वमा शिक्षकहरु भिम राना, छत्रदीप यादव सहयोगमा कोरोना सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको विद्यालयका सह–प्रचार्य कमल पोखरेलले जानकारी गराए ।

पोखरेलका अनुसार उक्त सचेतना कार्यक्रम व्यानर सहित स्कुलबाट सुरुगरी भलवारी चोक हुँदै पत्थरडाँडा, मधवलिया, कोटिहवा, वभनी, सुपौली, टिकुलीगढ, बनकट्टी, खैरिया, करौजिया हुँदै पुन स्कुल सम्मको १६ किलोमिटर यात्रा गरेर गरिएको थियो । फैलिदो महामारीलाई रोक्नु हामी सबैको कर्तव्य हो भन्दै विद्यार्थीहरुले कोरोना भाईरस लाग्नुका कारण, देखिने लक्षण र रोकथामका लागि अपनाउनु पर्ने विधीको बारेमा लेखिएका पर्चाहरु बाँडेर स्थानियमा चेतनाको विकास गर्न भूमिका खेलेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग