कृत्रिम अभाव सृजना गरि मुल्य बृद्धि नगर्न तथा नगराउनुहुन विज्ञप्ती मार्फत आग्रह

२४ फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
15 Shares


रामु भुसाल / नवलपरासी – जिमिरेभार ब्यपार संघ बर्दघाट ७ पश्चिम नवलपरासीले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको त्रासदी फैलिएको अवस्थामा अति आवश्यक बस्तु तथा खाद्य समाग्री, दैनिक उपभोग्य बस्तुहरुमा अभावको नाममा कृत्रिम अभाव सृजना गरि मुल्य बृद्धि नगर्न तथा नगराउनुहुन विज्ञप्ती मार्फत आग्रह गरिएको छ । संघका अध्यक्ष चिरञ्जिवी सुवेदीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ब्यवसायीहरुले अनावश्यक रुपमा कृत्रिम अभाव सृजना गरि मुल्य बृद्धि गरेमा कानुनको दायरामा ल्याई कार्यवाही गर्न संघ तयार रहेको जनाइएको छ । साथै विज्ञप्तीमा भनिएको छ्,

ब्यवसायीहरुले ब्यवसायिक आचार सहिँता र प्रचलित काुनन र समाजिक सेवा भावका साथ आफ्नो ब्यवसाय सञ्चालन गर्नुहुन समेत अनुरोध गरिएको छ । साथै अति आवश्यक काम बाहेक बिदेश तथा स्वदेशमा भ्रमण नगन, धेरै मानिसहरु भेला जम्मा हुने, सभा, सम्मेलन, तालिम, गोष्ठी लगाएतका कार्यहरु नगर्न तथा नगराउन समेत विज्ञप्ती मार्फत आग्रह गर्दै यो जिल्ला छिमेकी देश भारत संग खुल्ला सिमाना रहेकाले सिमानाका बाट नेपाल प्रबेश गर्ने मानिसलाई स्वास्थ्य चेकजाच तत्काल गर्नेगरि वातावरण मिलाउनका लागी नेपाल सरकारका सम्बन्धित निकायलाई समेत ध्यानाकर्षण गराइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि