स्थापना दिवशको पुर्वसन्ध्यामा खाद्यान्न वितरण

२४ फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले नेपाल अपांग आश्रममा खाद्यान्न सहयोग गरेको छ । शनिवार एक कार्यक्रमका बीच समाजले आश्रममा रहेका व्यक्तिलाई आवश्यक खाद्य तथा सरसफाइका अत्यावश्यक सामाग्री वितरण गरेको खाद्यान्न वितरण कार्यक्रमका संयोजक काजिमान टण्डनले बताए । समाज स्थापना दिवशको पुर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै सल्लाहकार हेमलाल शर्मा भुषाल, सावित्रा टण्डन,लक्ष्मण अर्याल लगायतले सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा चारपाला सम्पर्क समाजले अपांग आश्रममा सहयोग गरेको बताए। उनीहरुले सामाजिक कार्यका लागि संस्था अघि बढिरहेको भन्दै आवश्यक स्थान, र परिस्थिती अनुसार संस्थाले सहयोगी काम गरिरहने बताए।

फागुन २५ गते आइतवार संस्था स्थापना भएको १ वर्ष पुरा हुने पुर्वसन्ध्यामा खाद्यान्न सहयोग गरिएको समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले बताए। स्थापनाको छोंटो समयमै चारपाला सम्पर्क समाजले सामाजिक काममा निरन्तरता दिइरहेको र आगामी दिनमा समेत आवश्यक ठाउंमा सक्दो सहयोग गर्न ततपर रहेको उनले जनाए । कार्यक्रममा समाजका उपाधयक्ष उषा खत्री, सह सचिव सविना कार्की लगायतको उपस्थिती रहेको थियो । समाजका सचिव विकास टण्डनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । समाजले भोलि बलड बैंक बुटवलमा रक्तदान कार्यक्रम गरी स्थापना दिवश मनाउंदैछ

 

फेसबुकबाट तपाईको प्रतिक्रिया