रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीले गर्यो डि.आर.आर. भिजिट सम्पन्न

२५ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीले रोटरी बर्ष २०१९–२० को अफिसियल डि.आर.आर. भिजिट शनिबार सम्पन्न भएको छ ।आर.आई. डिस्ट्रिक नेपाल भुटान ३२९२ का डि.आर.आर. स्नेहा शाक्यले तिलोत्तमा रुपन्देही छोटो समयमै यो क्लबले डिष्ट्रिक्टमा आफ्नो धेरै राम्रो पहिचान बनाएको र सबै कार्यहरु सराहनीय गरेको भन्दै समाजमा केहि परिवर्तन गर्न सकिन्छ भन्ने योजनाका साथ अगाडी बढेकोमा सकरात्मक पक्ष रहेको जेड .आर.आर. शाक्यले बताईन् ।रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद शर्माले रोटरी र रोट्रयाक्टले हरेक दिन समाजको लागि काम गरिरहेको छ र सधै गरिरहने प्रतिबद्धता गरे ।

कमाएर मात्र सामाजिक भैइदैन त्यसकारण कमाएको केहि प्रतिशत सामाजिक काममा योगदान गर्न सिकाएको समेत शर्माले बताए ।रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष रेशम खड्का ले क्लबले अहिले सम्म समाज परिवर्तनमा होस् या समाजमा दुखी गरीब जेहेन्दार विद्यार्थी लाई हामीले गरेको सानो सहयोग पनि त्यो विद्यार्थीलाई ठूलो राहात रहने बताए हामीले आगामी दिन हरुमा पनि अझै यस्ताथुप्रै कार्यक्रमको योजना रहेको र सबैको साथ मिलेर यी योजनाहरु सफल पार्ने छौ भनी प्रतिबद्ध ता रहेको बताउनु भयो ।कार्यक्रममा रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद शर्मा, ए. डी. एस. संविध घिमिरे ,

जोन ११का जेड.आर.आर. प्रकाश शर्मा , जेड.एस. किरण न्यौपाने , रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीका संस्थापक अधक्ष्य मोहन न्यौपाने निवर्तमान अध्यक्ष नवीन थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।प्रदीप पोख्रेल क्लब सर्विस , सुबाश के सी कम्युनिटी , माधव ढुंगाना र सरोज पोख्रेलले क्लवले गरेको कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।यसै कार्य क्रम मा तिलोत्तमा रुपन्देहीले अहिले सम्म गरेको कामहरुको बारेमा बनाएको तिलोत्तमा चिनारी पनि विमोचन गरेको थियो ।कार्यक्रममा क्लवका ३९जना सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सदस्य महेश पौड्यालको स्वागत, निवर्तमान अधक्ष्य नवीन थापाको धन्यवाद ज्ञापन तथा सचिव कृष्ण भण्डारीले सञ्चालन गर्नु भएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया