खेलकुदमा गरिएको खर्च होईन लगानी हो : नगर प्रमुख खाँण

२५ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


तोलाकान्त बगाले / वालिङ –  वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले खेलकुदका क्षेत्रमा गरिएको खर्च नभई लगानी भएको बताउनुभएको छ ।वालिङ युवाक्लबले आयोजना गरेको दोस्रो आरन्त स्मृति कप अन्तर विद्यालयस्तरीय सेभेन ए साईड फुटवल प्रतियोगिताको शनिबार वालिङ खेलमैदानमा समापन गर्नुहुँदै नगर प्रमुख खाँणले खेलकुद तथा खेलाडीको क्षमता विस्तारमा गरिएको खर्च नभई लगानी भएको बताउनुभएको हो ।“स–साना बालबालिकालाई लक्षित गरी आयोजना भएको प्रतियोगितामा तत्काल खर्च देखिएपनि अन्ततः त्यो खर्च होईन भोलिका लागि लगानी हो” नगर प्रमुख खाँणले भन्नुभयो, “आज गरिएको लगानीले भोलिका दिनमा अवश्य पनि फाईदा दिनेछ, खेलकुदका क्षेत्र तथा खेलाडीहरुको क्षमता विकास हुनुका साथै नयाँ नयाँ प्रतिभाहरु उत्पादन गर्नमा सघाउ पुग्नेछ ।”नगर प्रमुख खाँणले आरन्तको स्मृतिमा घर परिवारले प्रतियोगिताको आयोजना गरेर सँधैभरी जीवन्त बनाएको बताउनुभयो । उहाँले यस प्रतियोगिताको निरन्तरताले वालिङले भविष्यमा राम्रा खेलाडीहरु उत्पादन गर्न सक्ने बताउँदै आरन्तको सपना पूरा हुनेमा विचार ब्यक्त गर्नुभयो ।समापन समारोहमा अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रीय सदस्य एलबी ज्वारचन,साहार यूकेका अध्यक्ष कुमार गुरुङ,

बगर भाई खलक पोखराका अध्यक्ष जीवन गुरुङ लगायतले यस खालका प्रतियोगिताले वालिङमा नयाँ -नयाँ प्रतिभाहरु आउँदै जाने भएकाले निरन्तरताको कामना गर्नुभएको थियो ।वालिङ युवाक्लबका अध्यक्ष मनोज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भीमप्रसाद पंगेनीले गर्नुभएको थियो ।जिल्लाभरीका १२ विद्यालयका १२ वर्षभन्दा मुनीका खेलाडीहरु सहभागी भएको उक्त प्रतियोगिताको उपाधी बालविद्या विकास माध्यमिक विद्यालय वालिङले हात पारेको छ। फाईनल खेलमा भूपू सैनिक बोर्डिङ स्कूल वालिङलाई पराजित गर्दै बालविद्याले उपाधी जितेको हो । योसँगै बालविद्याले लगातर दोस्रो पटक रनिङ शिल्डको रक्षा गरेको क्लबका कोषाध्यक्ष सुरेश श्रेष्ठले बताउनुभयो ।प्रतियोगितामा भूपू सैनिक बोर्डिङ स्कूल वालिङ द्वितीय, ज्ञानोदय बोर्डिङ स्कूल राङखोला तृतीय र सगरमाथा बोर्डिङ स्कूल वालिङ मिर्दी सान्त्वना भएका छन् ।प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यालयले क्रमशः नगद रु १५ हजार, १० हजार, ५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने सान्त्वना विद्यालयले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका स्वर्गीय आरन्तका पिता एवं संरक्षक कुमार थापाले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग