पत्रकार वीरेन्द्र साहका हत्या अभियुक्त १२ वर्षपछि पक्राउ

२५ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
11 Shares


वीरगञ्ज : बाराका पत्रकार वीरेन्द्र साहका हत्या अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन्। आइतबार बिहान प्रहरीको टोलीले पत्रकार साहका हत्या अभियुक्त कुन्दन फौजदारलाई बारागढी गाउँपालिका–६, गडहलबाट पक्राउ गरेको हो। घरमै रहेकावेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण पंगेनीले बताए।

उनलाई पक्राउ गर्न हवाइ फायर समेत गरिएको छ। उनका समर्थकले अवरोध गरेपछि चार राउन्ड हवाई फायर गरिएको एसपी पंगेनीले बताए।

पत्रकार साहको २०६४ असोज १८ गते अपहरण गरिएको थियो। बाराको पिपरा बजारबाट अपहरणमा परेका साह टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको खुलेको थियो।

त्यसमा मुख्य अभियुक्त कुन्दन फौजदार रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो। उनी तत्काली नेकपा (माओवादी)मा संलग्न रहेका थिए। उनको नेतृत्वको माओवादीको टोलीले नै अपरहण पश्चात हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो। राजनीतिक पहुँकै आधारमा पक्राउ गर्न सकिएको थिएन्। प्रहरीले उनलाई फरार सूचिमा राखेको थियो। अब उनलाई जिल्ला अदालतमा बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
  • मानवता हराएको सहर
  • सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर असन्तुष्ट पक्षले गरे पत्रकार…
  • आजको मौसम :मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना