उद्योग व्यापार संघद्धारा शुभकामना आदान प्रदान

प्रकाशित मिति:

बुुटवल । उद्योग व्यापार संघ बुटवल रुपन्देहीको आयोजनामा शुक्रवार प्रर्दशनी स्थल बुटवल मण्डपमा विजया दशमी, दिपावली, छठ पर्व तथा नेपाल सम्वतको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले संवृद्ध नेपाल निर्माणमा सबैको उत्तिकै भूमिका हुने बताए । आर्थिक विकास विना संमृद्ध मुलुकको सपना देख्नु व्यर्थ हुने बताउदै उनिहरुले सरकारले शान्त पुर्वक व्यापार व्यवसाय गर्न पाउने वातावरणको श्रृजना गरिदिनु पर्ने बताए ।
कार्यक्रममा नेपाल राष्ट्यि उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य खिमनारायण पराजुली, अर्का सदस्य खेम श्रीसले उद्योगी व्यवसायीहरुको साथ सहयोग र सहकार्यवाट बुटवलमा तेश्रो पटक राष्ट्यि स्तरको प्रर्दशनी आयोजन ागर्न सफल भएको बताउदै आउने दिनमा पनि सहकार्यको अपेक्षा गरेको बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु, रुपन्देही ब्यापार संघका उपाध्यक्ष डिल्लीराज भण्डारी, रुपन्देही उद्योग संघका महासचिव बावुराम वोहोरा, मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुईटेल, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रामवहादुर गुरुङ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, हरियाली यातायात प्रालि तथा रिक्सा व्यवसायी संघका अध्यक्ष कृष्ण प्रसाद तिवारी, निर्माण व्यवसायी महासंघकी मञ्जु भूसाल, महिला नेतृ जानकी नेपाल, लगायतले शुभकाममा मन्तव्य व्यक्त गरेका थिए ।

उद्योग व्यापार संगठनका अध्यक्ष प्रविण पाठकको अध्यक्षता, उपाध्यक्ष गोविन्द गैरेको स्वागत तथा महासचिव केशव श्रीसको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागीता रहेको थियो ।