आइएमई ग्रुपको ‘नेपालमा पैसा हातैमा पायो, सँगै ५० को बोनस खायो’ योजना सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं- आइएमई ग्रुपले प्रवद्र्धन गर्दै आएको आइएमई पे एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै ५० को बोनस खायो’ भन्ने योजना सार्वजनिक गरेको छ।

यो योजना आइएमई पे एपका प्रयोगकर्तालाई लक्षित गर्दै सन् २०२० को फेबुअरी २२ देखि अगष्ट २२ सम्म ६ महिनाको अवधिसम्म रहनेछ। आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलका अनुसार एप प्रयोगकर्ताले अब सजिलै जापानको क्योदाईबाट नेपालको आइएमई पे मोवाइल वालेटमा पैसा पठाउन सक्नेछन्।

योजना अवधिभर नेपालका आइएमई पे को प्रयोगकर्ताले तीन पटकसम्म निःशुल्क सेवामा पैसा पठाउन पाउँनेछन्।

एपको प्रयोगकर्ताले चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने, मोबाइल खाताबाट ब्याजसमेत पाइने पौडेल बताउँछन्।

उक्त एपको प्रयोगमार्फत व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर देखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आरमार्फत भुक्तानी गर्ने, मोवाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने सुविधा रहेको छ।