क्रिकेट ब्याट भाचिँएको विवादमा तेजाब प्रहार

प्रकाशित मिति:

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–१ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ।

तेजाब प्रहारबाट ५१ वर्षीया महिला घाइते भएकी छन्। उनको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए।

उनको निधार र शरीरमा तेजाब लागेको छ। तेजाब आक्रमणपछि घाइते महिलाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।

क्रिकेट ब्याटका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ। हरिनारायणले क्रिकेट ब्याट भाचेका थिए। त्यसको पैसा तिनुपर्ने भन्दै झगडा हुँदा हरिनारायणले ब्याट्रिमा राख्ने तेजाब प्रहार गरेको जनाएको छ।

उनी ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन्। प्रहरीले उनको पसलबाट पाँच लिटर तेजाबसमेत बरामद गरेको छ।

तेजाब प्रहार गर्ने हरिनारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको छ।काठमाडौप्रेस वाट साभार