ब्यवसायका लागीे सैनामैनाले लिजमा ‘जग्गा’ दिने

२५ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


सुरेश परियार,फाल्गुन २५ सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले निजि लगानी बिना समृद्धीको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना –२,मा आज देखि सञ्चालनमा आएका होटल हिलसाइड र होटल द मुर्गियालाई उद्घाटन गर्दै मेयर कार्कीले सरकारले मात्र गरेको लगानीबाट देश समृद्ध बन्न नसक्ने हुदाँ निजि लगानी पनि अपरिहार्य रहने तर्क समेत गर्नुभयो । सैनामैनामा प्रशंस्त सरकारी जग्गा भएको कारण ब्यवसाय प्रयोजनका लागी लिजमा जग्गा उपलब्ध गराउने ब्यवस्था शिघ्र नगरले ल्याउने विश्वास कार्कीले ब्यक्त गर्नुभयो ।आर्थिक विकास गर्न र जिवन स्तरलाई उकास्न कुनै न कुनै ब्यापार,ब्यवसाय गर्न स्वदेशमै सवैलाई उहाँले आग्रह गर्नुभयो ।

पर्यटकीय,धार्मीक एवं साँस्कृतिक रुपमा सैनामैना विश्वमै परिचित रहेको स्मरण गराउँदै उहाँले पर्यटकहरुको रोजाईका होटल तथा रेष्टुरेण्ड खोल्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय होटल तथा लजहरुमा अनैतिक क्रियाकलाप हुने गरेको भन्दै यस्तो नगरी सभ्य तरिकाले सञ्चालन गर्न ब्यवसायललाई सचेत गराउनुभयो । नगरको विकासका लागी सवै पक्षसंग हातेमालो गर्न नगर प्रतिबद्ध रहेको कुरा मेयर कार्कीले उल्लेख गर्नुभयो ।

होटल ब्यवसायको हकहितका लागी स्थानीय सरकारले नितिगत चाँसो दिनु्पर्ने होटल तथा रेष्टुरेण्ड ब्यवसाय महासंघका केन्द्रीय अध्यक्ष हिरादोज शाहले बताउनुभएको छ । स्वदेशमै रोजगार सिर्जना संगै आर्थिक विकासमा समेत यि ब्यवसायहरुको भुमिका रहने जिकिर गर्दै शाहले ब्यवसाय सञ्चालनका लागी उपयुक्त वातावरण सरकारले गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम समाजसेवि बालकृष्ण खरेलको अध्यक्षता,सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा होटल तथा रेष्टुरेण्ड ब्यवसाय महासंघका केन्द्रीय अध्यक्ष हिरादोज शाहको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सैनामैना उधोग वाणिज्य संघ सैनामैनाका अध्यक्ष राज बहादुर क्षेत्रिले बोल्नुभएको थियो ।कार्यक्रमको सञ्चालन भने होटल हिल साइडका सञ्चालक गोविन्द खरेल र सैनामैना होटल तथा रेष्टुरेण्ड ब्यवसायी संघका महासचिब नारायण सेनको सञ्चालनमा सम्पन्न भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया