अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको शुभकाना सन्देश

प्रकाशित मिति:

सैनामैना, फाल्गुण २५ । आज मार्च ८ अर्थत अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिकाबासी तथा देश विदेशमा रहनुहुने सम्पुर्ण महिला-दिदिबैनीहरुमा सुख, शान्ति, समृद्धि, उन्नती, प्रगती एवं शुस्वास्थ्य दिर्घायुको कामना सिहत सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु र गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ्गले शुभकामना सन्देश दिनु भएको छ । ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलाको अधिकार, समानता, सशक्तीकरण तथा मानवअधिकारको सुनिश्चिताका लागि प्रगतीको कामना सहित शुभकामना ब्यक्त गर्नु भएको हो ।चेतना फैलाउदै समाजको विकासमा महिला सहभागिता गराई पालिकाको विकास गर्नु पर्ने गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले शुभकामना सन्देशमा भन्नु भयो । उहाँले भन्नु भयो– “महिला अधिकार विना राज्यको एक सिक्काको दुई पटाको अर्थ पुरा हुदैन, एक विना आर्को चल्न सक्दैन । ”

नेपालको संविधान अनुसार समावेशी, समानुपातिक लैंङ्गीक हिसावले महिलाको अधिकार दिनु पर्छ । ”विगतका संघर्सबाट प्राप्त उपलब्धि सही ठाउँमा प्रयोग गरेर समतामुलक र समावेशी समाज निर्मणमा सबै एक जुट हुनुपर्ने र महिला अधिकार सुनिश्चता हुनु पर्ने गाउँपालका उपाध्यक्ष अमृता गुरुङ्गले शुभकामना दिनु भयो । गाउँपालिकाको समृद्धि र समतामुलक नेपाल निर्माणमा गाँपालिका बासी, राजनितिक दल, विभिन्न संघ संस्था, आमा समुह, क्लब लगाएत सम्पुर्ण आम नागरीक एक जुट भएर लाग्नु पर्ने उहाँको जोड छ ।समानताको पुस्ताः अन्त्य गरौं हिंसा, विभेद र असानता” र “महिला रोकिए सांसार रोकिन्छ ।” भन्ने नार सहित यस वर्षा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईदै छ ।