दाङ सिँचाइ अयोजनाद्वारा १२ वटा पोखरी निर्माण !

२७ आश्विन २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
7 Shares


असोज २७, २०७५ /लमही-दाङको खेतीयोग्य जमीनमा सिँचाइ गर्ने योजनाअनुसार सञ्चालनमा ल्याइएको बृहत् दाङ सिँचाइ आयोजनाले अहिलेसम्म १२ वटा पोखरी निर्माण गरिसकेको छ । जिल्लाकोे ५६ हजार हेक्टर क्षेत्रफलको खेतीयोग्य जमीनमा सिँचाइ पुर्याउने उद्देश्यले दुई वर्ष अघि सञ्चालनमा ल्याइएको सो आयोजनाले अहिलेसम्म १२ वटा पोखरी निर्माण गरिसकेको सूचना अधिकारी मदनप्रसाद शाहले बताउनुभयो ।

उहाँका अनुसार दाङको ५६ हजार क्षेत्रफल जमिनमा सिँचाइ गर्न सल्यानको शारदा नदी र माडी नदीको पानी दाङमा ल्याउने योजना छ । शारदा नदीको पानीले दाङको १० हजार हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ हुने अनुमान गरिएको तर माडीको पानी सर्वेक्षणको प्रक्रियामै रहेकाले कति क्षेत्रफलमा सिँचाइ हुन्छ भन्ने अझै यकिन हुन नसकेको सूचना अधिकारी साहको भनाइ थियो ।

पानी पर्याप्त नहुने भएकाले पहाडी क्षेत्र र बबई नदी पारीको क्षेत्रमा सिँचाइका लागि माडी र शारदाबाहेक अर्को विकल्प अपनाउनु पर्ने देखिएकाले राप्ती राजमार्गको माथि र तलबाट बाँध बनाएर बबई पारी रहेको दुई हजार हेक्टर जमिनमा सिँचाइ गर्न सकिने र सबै खेतमा सिँचाइ पु¥याउन डाईभर्सन्, लिफ्ट, मूलमा पोखरी र वर्षात्को पानी जम्मा गरेर पटाइने प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…