शंशाक, शेखर र सुजाता मध्ये एकजना सभापतिको उम्मदेवार हुने छौं

प्रकाशित मिति:

सिरहा ।नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले अब शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अघि बढ्न नसक्ने बताएका छन् । आइतबार बिहान नेपाल प्रेस युनियन सिरहा शाखाद्वारा लहानमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले भने, ुसभापति शेरबहादुर देउवाको ४ वर्ष हामीले हेरिसक्यौं, अब देउवा जीको नेतृत्वमा कांग्रेस चल्दैन, अघि बढ्न नि सक्दैन।

उनले गलत प्रवृतिबाट कांग्रेस हिँडिरहेको र यसलाई रोक्न नयाँ नेतृत्व चाहिने बताए ।

भागवण्डाको राजनीतिले कांग्रेसमा गलत प्रवृति मौलाइरहेको डाक्टर कोइरालाको भनाइ छ । ‘भागवण्डा मिल्यो भने ठिक, नभए बेठिक । म गुटको राजनीति गर्दिनँ,’उनले भने,‘यस्तो राजनीतिलाई विकृतिको रूपमा लिएको छु ।’

पत्रकार भेटघाटमा उनले कोइराला परिवार एक ढिक्का रहेको बताएका छन् । आउँदो महाधिवेशनमा कोही एकजना सभापतिको उम्मेदवार बन्ने पनि उनले सुनाए । यो विषयमा अर्का केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि समर्थन जनाएकी छिन् ।

‘हामी तीन शंशाक, शेखर र सुजाता मध्ये एकजना सभापतिको उम्मदेवार हुने छौं। अरु पनि छन् । कसले उम्मेदवारी दिने भन्ने हामी सल्लाह गरी निर्णय गर्छौँ,’उनले भने तीन जनामा दुई जना हट्छौँ । जो पपुलर हुन्छ उही सभापतिमा लड्छौँ । काँग्रेसलाई पुरानै अवस्थमा पुर्‍याउन कसले सक्छ भन्ने निर्णय कार्यकर्ताले गर्ने उनले बताए ।

जुन कामले शेरबहादुर देउवाले सुशील कोइरालालाई अप्ठ्यारोमा पारेका थिए त्यही काम अहिले पनि उनले गरिरहेका डाक्टर कोइरालाको आरोप छ । ‘विभाग गठनकै कारण सुशील कोइरालालाई शेरबहादुरजीले अप्ठयारो पारेको हो नि । ६ महिनासम्म केन्द्रीय समितिको बैठकमै आउनुभएन । राजीनामा दिनुभयो । सुरुमा विभाग गठन गर्न दिनुभएन । गरे पनि चल्न दिनुभएन,’उनले भने,‘आज उहाँले त्यही काम गर्दै हुनुहुन्छ । विभागको प्रमुख को भए रु म व्यक्तिमा जान चाहन्नँ । तर, यतिबेला गठन गर्नु उचित हो वा होइन रु भन्ने प्रश्न छ ।’

‘लोकतन्त्र र संविधान खतरामा छ’

सरकारको गतिविधिले गर्दा लोकतन्त्र र संविधान खतरामा रहेको उनको भनाइ छ । डाक्टर कोइरालाले भने,‘एउटा व्यक्तिका लागि संविधान संशोधन गर्ने सरकारमा रहेका पार्टी नेकपामा चलिरहेको छ । त्यसले विकृति निम्तिन्छ । यस्तै विकृतिका कारण संविधान र लोकतन्त्र खतरामा छ ।’

संसदमा पेश भएका सुरक्षादेखि व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विधेयक नेकपाको इच्छाअनुसार पास भयो भन्ने लोकतन्त्र नै समाप्त हुने उनको भनाइ छ । ‘हामी उग्रराष्ट्रवादमा विश्वास गर्दैनौँ । कम्युनिष्टहरूले जनवादी केन्द्रीयतामा विश्वास गर्छ,’उनले भने,‘त्यही भएर एउटा व्यक्तिको हातमा शक्ति राख्ने सोच्छ । संवैधानिक निकाय अख्तियारलाई एउटा सरकारको विभाग जस्तो बनाउँदैछन् । सेना परिचालन गर्ने अधिकार राष्ट्रपतिलाई दिनुपर्छ नेकपाले तर्क गर्दैछन् ।’ यी सब कारणले गर्दा लोकतन्त्र र संविधान खतरा परेको उनको तर्क छ ।