अष्ट्रेलिया जाने विद्यार्थीको लागि मोबाइल एप्स सार्बजनिक !

प्रकाशित मिति:

असोज २७ बुटवल । अष्ट्रेलिया जाने विद्यार्थीको लागि मोबाइल एप्स सार्बजनिक अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गरि ‘जोर्नी टु अष्ट्रेलिया’ नामको मोबाईल एप्स सार्बजनिक गरिएको छ ।

यसबाट नेपाली विद्यार्थीलाई अस्ट्रेलिया पढ्न जादा आवश्यक पर्ने एसओपी, अष्ट्रेलियाका बिभिन्न कलेजका बारेमा जानकारी पाउन सकिने एप्स निर्माणकर्ता कम्पनी इन्फिनी इन्नोभेसनका अध्यक्ष नवराज खरेलले बताए ।


हाल एन्ड्रोइड फोनका लागि उपलब्ध यस एप्समा अष्ट्रेलिया जादाँ अपनाउनु पर्ने बिधि, खर्च मात्र नभएर अष्ट्रेलियामा पाइने रोजगारी, कोठा तथा बस्ने ठाउँको बारेमा जानकारी राखिएको छ । बिशेष गरि नेपालबाट अध्ययनको लागि अष्ट्रेलिया जाने विद्यार्थीको सुबिधाको लागि बनाइएको यस एप्स प्लेस्टोरमा नि:शुल्क रुपमा उपलब्ध छ ।

अष्ट्रेलिया जाने बिद्यार्थीको बाटो सहज बनाउन यस एप्सले महत्वपूर्ण भूमिका खेल्ने दाबी निर्माणकर्ताको छ ।

एप्स डाउनलोड गर्नको लागि तल क्लिक गर्नुहोला ।

https://play.google.com/store/apps/details?id=com.enfinyjourneytoaustralia