आँखालाई होलीको रंगबाट कसरी बचाउने ?

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


आज देशको हिमालीसहित पहाडी जिल्लाहरुमा होली मनाइँदै छ ।कोरोना भाइरसको महामारीका कारण होली नखेल्न सरकारको आग्रहमा तुलनात्मक रुपमा होलीको माहौल कम भएपनि यो पर्वमा रमाउनेहरुको भने कमी छैन ।तर होली खेल्दा केही कुरामा सावधानी पुर्‍याउन सकिएन भने स्वास्थ्यमा गम्भिर समस्या हुनसक्छ । विशेषगरी होलीको रंगले छाला र आँखामा असर पार्दछ । रंगहरु सिधै आँखामा पर्दा यसले गम्भीर संकट निम्त्याउन सक्दछ । त्यसैले आँखालाई हानि नपुर्‍याउन निम्न कुरामा ध्यान दिनुपर्छ ।

१. होलीको रंगबाट आँखालाई बचाउन कालो चस्मा लगाएर होली खेल्नु उत्तम हुन्छ ।

२. होली खेल्ने रंग प्राकृतिक भए राम्रो मानिन्छ । रासायनिक रंगबाट होली खेल्नु हुँदैन ।

३. होलीको रंग कसैलाई पनि जबरजस्ती लगाउनु हुँदैन, अझ आँखा पाकेका ब्यक्तिलाई त भुलेर पनि आँखामा पर्न दिनुहुँदैन ।

४. यदि भुलवस आँखामा रंग गयो भने तत्काल सफा पानिले धुनुहोस् ।

५. आँखा चिलाए÷रातो भए कपासमा चिसो दुध राखेर आँखाको ढकनी माथि राख्नुपर्दछ ।

६. आँखा भित्र केही कण जस्तो महशुस भएमा सफा पानिमा टाउको डुबाएर आँखा खोलेर दायाँ बायाँ हेर्ने गर्नु पर्दछ । तर यस अघि अनुहारको सबै रंग धुनुपर्दछ ताकि पानिमा रंग घुल्न नपाओस् ।

७. यदि बारम्बार पानिले धुँदा पनि आँखा बिजाइरह्यो भने चिकित्सकको परामर्श लिनुपर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया