ट्रकको ठक्करबाट दुर्घटना, एकको मृत्यु, ११ जना घाइते

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


चितवन – चितवनमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा १ ख ९८५९ नम्बरको मिनीट्रकले आइतबार राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का ठाकुर पौडेलको मृत्यु भएको हो ।पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना ५ ख ९६२२ नम्बरको ट्रकमा कटारीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५९२ नम्बरको बस सोमबार बिहान ठक्कर खाएको थियो ।ठक्करबाट बसमा सवार ३१ जना मध्ये १० र ट्रकका चालक एक जनासहित ११ घाइते भएको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।घाइतेमध्ये पाँचको चितवन मेडिकल कलेज र छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा