चितवनमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ,

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


चितवन – चितवनमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा १ ख ९८५९ नम्बरको मिनीट्रकले आइतबार राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का ठाकुर पौडेलको मृत्यु भएको हो ।पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।भरतपुर महानगरपालिका–२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना ५ ख ९६२२ नम्बरको ट्रकमा कटारीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५९२ नम्बरको बस सोमबार बिहान ठक्कर खाएको थियो ।ठक्करबाट बसमा सवार ३१ जना मध्ये १० र ट्रकका चालक एक जनासहित ११ घाइते भएको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।घाइतेमध्ये पाँचको चितवन मेडिकल कलेज र छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग