नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक

प्रकाशित मिति:

काठमाडौं,  नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको छ । कोरोना संक्रमणको प्रकोपलाई फैलन नदिन भन्दै कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको हो ।

महामारीको रुप लिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालसहित, भारत, चीन,इजिप्ट, इरान, इराक,लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई अस्थायी रूपमा प्रवेशमा रोकलगाउने निर्णय गरेको कतार सरकाले जनाएको छ । यो नियम मार्च ९ तारिख सोमबारदेखि लागु हुनेछ ।

आइतबार बेलुका सम्ममा कतारमा जम्मा १५ जनामा यो भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ जना आप्रावासी कामदार रहेको बताइएको छ । उनीहरुको राष्ट्रियताबारे भने खुलाइएको छैन । महामारीको रुप लिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालसहित, भारत, चीन,इजिप्ट, इरान, इराक,लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई अस्थायी रूपमा प्रवेशमा रोकलगाउने निर्णय गरेको कतार सरकाले जनाएको छ।

यो नियम मार्च ९ तारिख सोमबारदेखि लागु हुनेछ । आइतबार बेलुका सम्ममा कतारमा जम्मा १५ जनामा यो भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ जना आप्रावासी कामदार रहेको बताइएको छ । उनीहरुको राष्ट्रियताबारे भने खुलाइएको छैन ।