जहाँ मन्दिरबाट प्रसादका रुपमा बाँडिन्छ भक्तजनलाई सुनचाँदीका गर गहना

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


भारत – सामान्यतयाः मन्दिरमा पुगेका भक्तजनलाई मुल पुजारीले फूलपाती र अक्षता प्रसादका रुपमा दिने गर्छन् ।

मन्दिरमा पुग्ने सबैले अरुको प्रसादका लागि मन्दिरबाट ल्याउने भनेको फूलपाती र अक्षेता नै हो । तर कुनै मन्दिरमा प्रसादका रुपमा सुन चाँदीका गहना वितरण हुन्छ भन्ने पत्याउन मुस्किल नै पर्छ । तर भारतमा एक यस्तो मन्दिर छ जहाँ प्रसादका रुपमा भक्तजनालई गहना वितरण गरिन्छ । यो मध्यप्रदेशस्थित रतलाममा रहेको महालक्ष्मीको मन्दिर हो । यो दुनियाको एउटा मात्र यस्तो मन्दिर हो जहाँ प्रसादको रुपमा दर्शनार्थीले सुनचाँदीका गहना पाउँछन् । वर्षमा केही दिन मात्र उक्त मन्दिरमा कुबेरको दरबार लाग्छ । त्यस समयमा भक्तजनलाई प्रसादको रुपमा सुन तथा चाँदीका गहनाका साथै नगद समेत दिने परम्परा छ ।

वर्षका अन्य दिनमा ठूलो संख्यामा आउने भक्तजनले मन्दिरमा प्रसस्त सुनचाँदी तथा भेटी चढाएका हुन्छन् । दिपावली लगायतका पर्वमा यस मन्दिरमा भक्तजनले गरगहना चढाउने गर्छन् । अन्य दिनहरुमा भक्तजनहरुले चढाएका सुनचाँदी र धनमध्येको केही भाग कुबेर दरबारको पर्व लागेको बेला भक्तजनलाई प्रसादको रुपमा प्रदान गर्ने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्लिन फिड लागू
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो