महिला जेसिजको आयोजनामा शुभकामना आदान प्रदान

प्रकाशित मिति:

बुटवल महिला जेसिजको आयोजनामा विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुटवल महिला जेसिजका पूर्व अध्यक्ष उर्मिला श्रेष्ठले सबैमा शान्ति तथा सम्वृद्धि छाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा पूर्व अध्यक्षहरु
ज्ञानधरा पन्थ, राजुदेवी खनाल, मन्जु भुषाल जुनियर जेसिजका अध्यक्ष कपिल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष राधिका पोख्रेलले महिला जेसिजले हरेक वर्ष शुभकामना आदान प्रदान गर्ने गरेको र यसबाट थप जेसिज सदस्यहरुबीच को सम्बन्ध प्रगाढ हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । महिला जेसिजका महासचिव लक्ष्मी थापाको संचालन रहेको कार्यक्रममा प्रभा गौतमले आस्थापाठ गनर्’भएको थियो भने गंगाा घिमिरेले स्वागत गर्नुभएको थियो ।